कविता : प्रेम र सम्भोग
जसरी दिन र रातको सम्बन्ध छत्यस्तो सम्बन्ध,
जहाँ दिनको उपस्थितिमा
रात बिलिन हुन्छ र
रात आउँदै गर्दा दिन ढल्दै जान्छ।
कस्तो अटुट सम्बन्ध
अनवरत सम्बन्ध !
जुन एकपछि अर्को निश्चित छ ।
जसरी जन्म र मृत्युको सम्बन्ध
त्यस्तो सम्बन्ध,
जब कोहि जन्मिन्छ, जन्म- मृत्युसँगै जोडिएर आएको छ।
हो त्यसरी नै, प्रेम र सम्भोग त्यस्तै-उस्तै होलान् ।
जहाँ बिहानी जस्तै हरेक आशाहररू लिएर आउछन्
र जन्मजस्तै
जहाँ सुनौला भोलिहररूका टुसा जागृत हुन्छन्
र सम्भोग रात जस्तै
जुन एकदम नितान्त हुन्छ
सुनसान हुन्छ । तर
अन्तरालमा खलबली मचाइरहेको हुन्छ
र मृत्यु जस्तै जुन
निश्चित छ । तर भरोसीत छैन
निश्चित छैन् । तर अमान्य छैन् ।
जब प्रेमसँग सम्भोग जोडिएको हुन्छ
तब प्रेम दिनजस्तै विलिन भएर जानेछ
र मृत्यु पछिको अस्तित्वहिन जन्म झै निरीह हुनेछ
र सायद त्यहि समय नै
भावनात्मक प्रेमको भ्रुणहत्या भएको हुनेछ ।
हाल : पूजा पराजुली
टेक्सास अमेरिका
यो पनि पढ्नुहोस् ।
http://news-nepal.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%b8%e0%a4%be%e0%a4%b9%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%bf%e0%a4%95-%e0%a4%95%e0%a5%83%e0%a4%a4%e0%a4%bf-%e0%a4%b8%e0%a4%82/
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











