मार्मिक रोशनले ल्याए ‘चाँदनी’
काठमाडौं । युवा गजलकार मार्मिक रोशनले ‘चाँदनी’ गजल संग्रह लिएर आएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा रोशनको उक्त संग्रह वरिष्ठ गजलकार डा.कृष्णहरि बरालसँगै अन्य स्रष्टाले संयुक्त रूपमा विमोचन गरे । बरालले उक्त संग्रहमा व्यङ्ग्य र प्रेमका गजल समेटिएको वताए । रोशनले आफ्नो भावलाई पगालेर गजल लेखेको वताउँदै लोककथाहरूको सन्दर्भ गजलमा ल्याएर नयाँ सन्दर्भमा जुन प्रयोग गरिएको छ वास्तवमा यो प्रशंसनीय रहेको बरालको भनाई छ । उनले हरेक गजलकार आफैंमा एउटा समालोचक भएको पनि वताए । उनले भने, ‘कविताको समालोचना अर्कैले गरिदिनुपर्छ । उपन्यासको समालोचना अर्कैले गरिदिनुपर्छ । तर, गजलको समालोचक आफैं हो ।’
त्यस्तै कार्यक्रममा उपस्थित स्रष्टाहरूले आ–आफ्नो रचना वाचन पनि गरेका थिए ।
संग्रहबाट केही लाइनहरू
के बनाउछौं सरकार यो देश तिमीले
तिमीभन्दा राम्रो बरू कमिलाले बनाउँछन् ॥
उसका जीवनमा त धेरै भोगाइहरू छन्
र त आफ्ना गजलहरू चोटिलो बनाउँछन् ॥
यता सडकहरू भत्किन्छन्, जिर्ण हुन्छन्
उता मन्त्रीहरुको घरमा तला थपिन्छन् ॥
घरी आएको हुन्छ, घरी नआएको हुन्छ
जसरी पनि तिम्रो यादले सताएको हुन्छ ॥
हिजो खरायोसँग दौड जितेपछि
आज चरालाई जित्न कछुवा निस्कियो ॥
यौटा गरिब आङ ढाक्न दगुर्छ
सुनेर कालो झण्डा फालाफाल छ ॥
उता कहाँ कहाँ खोजेनन् विश्वलाई
यता सहिदको मुटुमा जगत भेटियो ॥
देख्ने कुरा केवल आँखाले देख्यो
आफू हिड्ने बाटो पैतालाले देखेनन् ॥
सानो छोरोले आज किसानलाई भन्यो
म ठूलो भएर एउटा नहर बनाउँछु ॥
जीवन के हो कसलाई कसलाई सोध्छौ ?
मलामी जाऊ चित बनाऊ पत्ता लाग्छ ॥
खुकुरी अगाडी पनि ऊ छाती थापिरहन्छ
मलाई अचानो सारै बहादुर जस्तो लाग्छ ॥
झुपडीमा एकै छाक पकाइदिन पनि
बडो मुस्किल भैदियो चुलोका लागि ॥
तिमी अध्ययन गर आजकालको यो दुनियाँ
घाउ बनाइदिन्छ अनि मलम देखाउछ ॥
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












