१ वरिष्ठ गायकसहित ९ जना पत्रकार सम्मानित हुँदै, को को परे सूचीमा ?
राजु बोहरा– काठमाडौं, १९ कात्तिक । गीत संगीत क्षेत्रको विकास र संगीतकर्मीहरुको हितका लागि स्थापना भएको विन्ध्यवासिनी फाउण्डेसनले हरेक वर्ष जस्तै यस बर्ष पनि नेपालका ख्याती प्राप्त कलाकारहरुको पनि ब्यजोड प्रस्तुतिको साथमा विन्ध्यवासिनी सम्मान तथा संगीत साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ ।
आगामी मंगसिर २ गते सनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाच घरमा भव्य समारोहकाबिच हुने कार्यक्रममा यस वर्ष एक ग्रज संगीतकर्मी स्रष्टालाई सम्मान तथा ९ जना पत्रकारलाई कला पत्रकारिता २०७४ द्वारा सम्मान प्रदान गरिने भएको छ ।
फाउण्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीका अनुसार’ यस वर्षको “बिन्ध्यवासिनी संगीत साधना सम्मान २०७४ बाट बरिष्ट गायक दिप श्रेष्ठलाई सम्मानित गरिने भएको छ । अग्रज श्रष्ठा दिप श्रेष्ठज्यूलाई नगद रु ५० हजार रुपैयाँसहित बिन्ध्यवासिनी संगीत साधना सम्मान २०७४ बाट सम्मान अर्पण गरिने अध्यक्ष रेग्मीले जानकारी दिईन् ।
सोही अवसरमा हरेक वर्ष झैं यस वर्ष पनि गीत-संगीत-कला-साहित्य र चलचित्र संग सम्बन्धित नौ जना पत्रकारहरूलाई “बिन्ध्यवासीनि कला पत्रकारिता पुरस्कार २०७४ द्वारा सम्मान गरिने फाउण्डेसनका सदस्य सुवास रेग्मीले जानकारी दिए । यस वर्ष नगदसहित पत्रकारहरु अमरधोज लामा, अनुपा श्रेष्ठ, बिष्णु प्रसाद गौतम, धुर्ब लम्साल, जिबन पराजुली, मधु शाही, प्रतिमा श्रेष्ठ, बिजय नेपाल र रिता लिम्बुलाई विन्ध्यवासिनी संगीत पत्रकारिता सम्मान प्रदान गरिने भएको छ ।
यसगरी आगामी पौष १५ गते सनिबार राजधानीको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा आयोजना हुने मुक्तिनाथ विकास बैंक द्वारा प्रायोजित आठौँ संस्करण विन्ध्यवासिनी म्युजिक अवार्ड २०७४ को कुल ३२ विधाको मनोनयनमा पर्ने संगीतकर्मीहरुलाई प्रमाणपत्र समेत सोहि कार्यक्रममा प्रदान गरिने भएको छ ।
जहाँ बिन्ध्यबासीनी म्यूजिक लाईफ टाईम अचिभमेन्ट अवार्ड २०७४, “बिन्ध्यवासीनी संगीत रत्न सम्मान २०७४,”बिन्ध्यबासीनी संगीत कला पत्रकारिता सम्मान २०७४” र “बिन्ध्यवासीनि चलचित्र सम्मान २०७४” समेत प्रदान गरिने छ ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए नयाँ गित (भिडियोसहित)
काठमाडाैं । चर्चित गायक घमेस दुलाल र रिता कुलुको आवाजमा मत पलास बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। पुकार...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...












