ताजा समाचार

नेपाली सुन्दरी नग्मा श्रेष्ठ आज ‘मिस यूनिभर्स’को स्पर्धामा उत्रिँदै

काठमाडौं, १० मंसिर । नेपाली सुन्दरी नग्मा श्रेष्ठ आज ‘मिस यूनिभर्स’को स्पर्धामा उत्रिँदै छिन् । श्रेष्ठ आइतबार राति अमेरिकाको लस भेगासस्थित एक्सिस थिएटरमा आयोजना हुने ‘मिस यूनिभर्स’ को फिनालेमा सहभागी हुन लागेकी हुन् । नेपालले ‘मिस यूनिभर्स’ मा पहिलो पल्ट भाग लिने मौका पाएको हो ।

६६ औं ‘मिस यूनिभर्स’ मा नेपालसहित ९२ देशका सुन्दरी सहभागी छन्। नग्माले आफू प्रतिस्पर्धाका लागि तयार रहेको बताएकी छिन्। ‘यसका लागि मैले ५ वर्ष मिहिनेत गरेकी थिएँ, आज मेरो सपना पूरा हुँदैछ’, उनले भनिन्। सन् २०१२ मा ‘मिस नेपाल’ को रनर–अप भएदेखि नग्माले ‘मिस यूनिभर्स’ मा भाग लिने सपना देखेकी थिइन्। तर, नेपालसँग ‘मिस यूनिभर्स’ को फ्रेन्चाइज नभएकाले अहिलेसम्म भाग लिन पाएको थिएन।

नग्माले आफ्नै पहलमा नेपालको सहभागिता सुनिश्चित गरेकी हुन्। गत वर्ष उनी अमेरिका पुगेर ‘मिस यूनिभर्स’ आयोजक समितिका पदाधिकारीसँग कुराकानी गरेपछि यो वर्षदेखि नेपालले फ्रेन्चाइज प्राप्त गरेको थियो।

नग्माले यसअघि तीन वटा अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा भाग लिइसकेकी छिन्। उनले २०१२ मा ‘मिस अर्थ’, २०१६ मा ‘मिस वर्ल्ड यूनिभर्सिटी’ र ‘मिस इको युनिभर्स’ मा भाग लिएकी थिइन्।

http://news-nepal.com/675705/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org