नायिका ऋचा शर्माले छक्का पन्जा हेर्ने मुर्ख भनेपछि दीपक–दीपा र ऋचाबीच वार
काठमाडौं, १२ मंसिर । अभिनेत्री ऋचा शर्मा तथा फिल्म निर्माताद्धय दीपकराज गिरी र दीपाश्री निरौलाबीच वार चलेको छ । फिल्मको विषयलाई लिएर तीन जनाबीच फेसबुक वार चलेको हो । अभिनेत्री ऋचाले दीपक र दीपाले बनाएको चलचित्र छक्कापञ्जाको विषयमा टिप्पणी गरेपछि यस्तो वार चलेको हो ।
कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले ऋचाको मानसिक सन्तुलन ठीक नभएको आशयसहित लेखेका थिए । उनीहरुले आफ्नो चललिचत्र राम्रो नभएको आशयसहितको टिप्पणी गरेको भन्दै सामाजिक सञ्जालमा नै ऋचालाई त्यसको जवाफ दिएका थिए । ‘एकजना नायिकाले हाम्रो चलचित्र हेरेर ताली बजाउने दर्शकलार्इ मूर्ख भन्नुभएछ। प्रिय नायिकाज्यू, दर्शकलाई मूर्ख भन्नुभएकाले तपाईंका फिल्मले कहिल्यै दर्शक पाएनन्, गेट वेल सुन !’
ऋचाले पनि उनीहरुको जवाफको प्रतिक्रिया दिएकी छन् । उनले ‘एकादेशमा फिल्म फेस्टिभलुमा ‘चलचित्रमा महिलाको भूमिका’ शीर्षकको अन्तरक्रियामा फिल्ममा महिलालाई थप्पड हानेको दृश्य आफूलाई पाच्य नलागेको बताएकी थिइन्।
फिल्ममा महिलामाथि दुर्व्यवहार गरिएका दृश्य आफूलाई मन नपरेको भन्दै फेसबुकमा उल्लेख गरेकी छिन्, ‘म कलाकार हुँ, दर्शक हुँ र सँगै एक महिला पनि हुँ। फिल्ममा एक महिलालाई तारन्तार थप्पड हानेको दृश्यमा मैले ताली बजाउन सकिनँ। मेलै त्यही भनेकी हुँ।’
उनले दर्शकलाई मूर्ख भन्ने अधिकार कसैलाई नभएको भन्दै आफू संलग्न बाहेकका फिल्मको आफू पनि दर्शक रहेको अवगत गराएकी छिन्। उनी भन्छिन्, ‘म पनि एक दर्शक हुँ र दर्शकका रुपमा विचार दिन पाउँछु। दर्शकले हामीलाई बनाएको हो। त्यसैले हामी दर्शकलाई भगवान् मान्छौं।’
निर्माताले फिल्ममा आफूलाई मन लागेको देखाउन पाउने तर त्यसमाथि आउने धारणालाई पनि पचाउन सक्नुपर्ने ऋचाले बताएकी छिन्। उनले भनेकी छिन्, ‘सर्जकहरु सिर्जनामा यति तल्लीन भएर लागेका हुन्छन् कि उनीहरु एउटा गिलासभित्र हुन्छन्। दर्शकहरु नै हुन्, जसले त्यो गिलासलाई बाहिरबाट हेरेर अनेक तर्क गर्छन्। असल सर्जक तिनै हुन्, जसले दर्शकका तर्क (सकारात्मकरनकारात्मक दुवै) लाई पनि आत्मसात् गर्छन्।’
उनले आफूलाई चित्त नबुझेको कुरा बोल्न पाउनु आफ्नो अधिकार भएको बताउँदै सर्जक सधैं महान् नहुने उल्लेख गरेकी छिन्। भनेकी छिन्, ‘कहिलेकाहीँ आफूलाई सच्याउनु पनि पर्छ। सच्चिनु आफ्नो कद सानो बनाउनु होइन। भुइँ र समयसित नजोडिएको फिल्ममेकर जति नै अग्लो भए पनि, उसको जग बलियो हुँदैन।’
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












