लघुकथा समाजद्वारा राई सम्मानित
काठमाडौं । सांस्कृतिक अभियन्ता वीरबहादुर राईलाई लघुकथा समाज नेपाले सम्मानित गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच ‘आजका लघुकथा’ प्रकाशनका लागि आर्थिक सहयोग गरेको भन्दै समाजले राईलाई सम्मानित गरेको हो । कार्यक्रममा लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर केही गर्न खोज्नेहरूका लागि दिलोज्यानले सहयोग पु¥याउने राईको कार्यलाई प्रशंसा गरे । नेपाली लघुकथा उन्नयनमा ‘आजका लघुकथा’ एक मानक कृति हो, रोदनले भने, ‘यस्तो पवित्रकार्यमा सहयोग पु¥याउनु भएकोमा राईप्रति हामी लघुकथा समाज नेपाल सधैं कृतज्ञ छौँ । ’
त्यस्तै बालसाहित्यकार श्रीराम राईले वीरबहादुर राई चिनाउँदै भने, ‘किराँतीहरूको आदिम पुर्खा तयामा खियामा र रैछाकुलको प्रतिमा निर्माण स्थापना समितिका सदस्य राई प्रतिमा अनावरणको क्रममा नेपाल आएका हुन् । उनी आफ्नै जिल्ला खोटाङको हलेसी तुवाचुङमा भर्खरै कार्यक्रम सकेर फर्किनु भएको हो । भलिवल खेलाडीको रूपमा परिचित उनी जिल्लामा खेलकुद, सडक निर्माण, शिक्षा लगायत क्षेत्रमा रहेर समाजसेवा गर्दै आएका छन् ।’ कार्यक्रममा सिन्धु गौतम, श्रीराम राई, त्रिभुवनचन्द्र वाग्ले, शुषमा मानन्धर, सुमन सौरभ, तुलसीहरि कोइराला, ध्रुव मधुकर्मीले लघुकथा वाचन गरेका थिए । वाचित लघुकथाबारे समालोचक डा.लक्ष्मणप्रसाद गौतमले समीक्षात्मक टीकाटिप्पणी गरेका थिए । सम्मानित राईले लघुकथा उन्नयनमा अझै सहयोग गर्ने वचनबद्धता व्यक्त गरे । उनले समाज परिवर्तनका लागि यस्ता खाले सामुहिक कार्यमा लागेकोमा खुसी व्यक्त पनि गरे । कार्यक्रममा लेखक तथा पत्रकार दामोदर न्यौपाने, राजेश खनाल , गोपाल अश्क लगायतको उपस्थित रहेको थियोे ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











