रानीपोखरी पुनर्निर्माणमा कमजोरी देखाउँदै काठमाडौंका मेयर र उपमेयर राजनीतिक प्रतिसोधमा
काठमाडौं, ११ पुस । रानीपोखरी पुनर्निर्माणको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरबीच विवाद सिर्जना भएको छ । मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठबीच पुनर्निर्माणको विषयलाई लिएर विवाद सिर्जना भएको हो।
मेयर शाक्यले पुरातत्व विभागको डिजाइनमा पुनर्निर्माण सुरु गरिएको बताएका छन् भने उपमेयर खड्गीले विभागको डिजाइनविपरीत निर्माण भइरहेको भन्दै त्यसलाई रोक्ने चेतावी दिएकी छन्। एमालेबाट निर्वाचित मेयर कांग्रेसबाट निर्वाचित उपमेयरबीच विवाद सिर्जना भएपछि रानीपोखरी पुर्ननिर्माणको कार्य ओझेलमा पर्ने देखिएको छ ।
भूकम्प गएको तीन वर्ष वितिसक्दा पनि हुन नसकेको पुनः निर्माण कार्य अहिले अगाडि बढिरहेको छ । तर मेयर र उपमेयरबीचको बिवादले पुनः निर्माण कार्यमा असर पर्ने देखिएको हो । सोमबार राजधानीमा आयोजित कार्यक्रममा उपमेयर खड्गीले विवादस्पद रुपमा भइरहेको रानीपोखरीको पुनःनिर्माण कार्यलाई आफूले रोक्ने बताएकी थिईन् । तर मेयर शाक्यले भने पुरातत्व विभागले स्वीकृत गरेको डिजाइनअनुसार नै रानीपोखरीको पुनर्निर्माणको काम अघि बढेको दावी गरेका छन्।
पछिल्लो समय रानीपोखरी पुनर्निर्माणबारे बाहिर विभिन्न किसिमको हल्ला आइरहेका बेला मेयर शाक्ले पुरातत्वको विभागको डिजाइनअनुसार नै काम अघि बढेको बताए। शाक्यले भने, ‘सम्पदा सबैको साझा सम्पत्ति हो त्यसैले अनावश्यक विवाद झिकेर पुनर्निर्माण समस्या नल्याउनुस्।’उनले रानीपोखरी पुनर्निर्माणको आयोजना आफू निर्वाचित हुनुभन्दाअघिकै भएको भन्दै सम्पदा नमासिने गरी जतिसक्दो छिटो काम सम्पन्न गर्न निर्देशन दिइसकेको पनि बताए।
‘पुरातत्व विभाग, पुनर्निर्माण प्राधिकरण र महानगरको सहमतिमै राष्ट्रपतिज्यूले रानीपोखरी पुनःनिर्माणको शिलान्यास गर्नुभएको हो’, मेयर शाक्यले भने, ‘यो योजना पहिलाकै भएकाले मैले डिजाइनमा केही सामान्य हेरफेर गरेर पहिलाकैअनुरुप पुनःनिर्माण गर्न निर्देशन दिएको छु।’
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











