सजिलो छैन कसैलाई दिलमा राख्न
रोशनीले रिसाएर आँखा तरेकी हुनुपर्छ ।
म जन्मेको दिन पक्कै पानी परेको हुनुपर्छ ।
झण्डै दुई बर्ष अगाडि आफैंले लेखेका गजलका यी हरफहरू अहिले आफ्नै जीवनमा मेल खाए झैं लाग्छ । खुसीका किरणहरू ओझेल भएपछि आँखाबाट आँसु थामिने पनि सकिरहेको छैन् । किन आँखाका कुनाबाट बाढी झैं आइरहेछन् आँसु ? सायद पानी परेकै बेला झरीमा म जन्मिएर नै आँसुका मूल फुटिरहेका होलान् । कहिले कुनै कारण त कहिले बिनाकारण रोकिएका गला अनि आँसुले धमिलिएका दृश्यलाई सच्याउन र ओभानो अनुहारको प्रयासमा औंलाहरूले आँसु सोहोर्ने प्रयास असफल भएका छन् पटक–पटक ।
मन किन यति कमजोर भइरहेछ,अनि किन यति धेरै दुःछ अरूका लागि ?
अनि किन यति गह्रौ हुन्छ जीवनका पलपल गुजार्न असहज हुने गरि ?
वास्तवमा हामी कहीँ अन्तरालमा भागी रहेका हुन्छौं त मायाले हामीलाई पछ्याउने रहेछ । जब हामी मायालाई पछ्याउन थाल्छौं त माया नै हामीबाट परपर भाग्ने रहेछ, लुकारी खेलजस्तै ।
किन मायामा यति धेरै पीडा हुन्छ ? वास्तवमा माया भनेको के हो ? कसरी प्रकट गर्ने, कसरी बुझने, कसरी आभास गर्ने अनि अनि कसैलाई पाउने भन्दा गुमाउने त्रास बढी हुन्छ त के यो ऊप्रतिको माया हैन र ?
हो, म माया गर्न नजान्ने रहेछु या त म मायाको परिभाषामा अनभिज्ञ रहेछु ।
दिमागमा यति धेरै कुराहरू सलबलाइरहेका हुन्छन् कि लाग्छ म कुन दिन झुक्किएर पागल हुन्छु । हुन त कुनै मानसिक सन्तुलन गुमाएका व्यक्तिले गर्नेभन्दा केही कमका थिएनन मेरा ती हर्कतहरू पनि । म सबै देखि, आफैं देखि लुकाउन चाहन्थें । बन्द कोठाभित्र धित मर्ने गरि रुन्थें र मनलाई हलुका बनाउन कोशिस गर्थें काटिसकेको मासुको ओजन घटेजसरी । त्यति नै बेला बन्द ढोकाले मलाई ढक्ढकाइरहेको हुन्छ । सिलिङमा झुन्डिरहेको पन्खाले मलाई नै खुचिङ्ग लगाइरहेको हुन्छ । पर्दामा कोरिएका हरेक रङ्गिबिरङ्गी बुट्टाहरू खित्का छाडेर हाँसिरहेका हुन्छन् मेरो पागलपनलाई देखेर ।
अनि म लज्जित हुन्छु आफैसँग र विवश हुन्छु, रातो पिरो अनुहार बनाएर उभिन । जान अन्जानमा कुनै गल्तीमा पक्रिएको बालक झै ।
बन्द कोठाभित्रको बन्दी हावाले भन्छ–‘छाडिदेऊ रुन,बिर्सिदेऊ उसलाई, भुलिदेऊ बिगतलाई ।’
म प्रतिवादी भएर उभिन्छु हावासँग । र भन्छु–‘त्यति सजिलो छैन हावा महोदय ! कसैलाई दिलमा सजाएर राख्न अनि फेरि आज लत्याउनलाई ।’ हावाले नतिजा आफ्नोतिर आउने गरी मुख भरिको जवाफ दिन्छ र भन्छ–‘माया त्यहाँ गर, जहाँ त्यसको कदर हुन्छ हुन्छ, माया त्यसलाई गर जसले तिमिलाई पनि गर्छ ।’
यो खोस्ने कुरा हैन, चोर्ने होइन कुरा यो त नचोरी, नखोसी, नमागी आफैं पाइन्छ । जहाँसम्म तिमी पानी परेको बेलामा जन्मिएर यति सरल छौ नि पानी झैं ऊ पनि त्यती नै चिसो मन भएको छ कुनै शिशिरमा जन्मिएझै ।
हिउँझै जमेको छ, जसलाई पगाल्न तिमी सफल हुने छैनौ । र, बाढी झैं आँसुमा ऊप्रतिका तिम्रा मायाहरू सहिद भइरहेका छन् ।
http://news-nepal.com/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%B8%E0%A4%BE%E0%A4%B9%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%AF%E0%A4%BF%E0%A4%95-%E0%A4%95%E0%A5%83%E0%A4%A4%E0%A4%BF-%E0%A4%B8%E0%A4%82/
Comments
अरु समाचार
-
‘पहिले विभेद गर्नेले पनि अचेल नौमती बाजा सिक्दै छन्’
इलाम : यहाँको रोङ गाउँपालिकाले महिलालाई व्यावसायिक बनाउन र लोक संस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाइँदैछ । कुनै समय...
-
दुई विदेशी कलाकारका कला साताव्यापी प्रर्दशन गरिने
काठमाडौँ: ‘आन्तरिक परिदृश्य’ शीर्षकमा दुई विदेशी कलाकारका कला साताव्यापी रूपमा प्रर्दशन गरिने भएको छ । ताइवानकी चाउ मेङ येह र...
-
फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । महोत्सव ललितपुरको यलमाया केन्द्रमा...
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...