२०७५ सालका लागि १३ पात्रो स्वीकृत, दुई पात्रोलाई कारबाही हुने
काठमाडौं, २२ माघ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७५ का लागि १३ वटा पात्रो (पञ्चाङ्ग) लाई प्रकाशनको स्वीकृति दिएको छ। समितिले स्वीकृति दिएका पञ्चाङ्गमा तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाशदर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि रहेको अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए।
यी सबै पञ्चाङ्गले विसं २०७४ मा पनि स्वीकृति पाएका थिए। स्वीकृति नलिई प्रकाशन भएका पञ्चाङ्गमा घडी, पला, बृहस्पति, शुक्र उदय र अस्तलगायतका तथ्य फरक परेको समितिले जनाएको छ। यस्ता तथ्य फरक परी चाड पर्व पनि फरक पर्दा सर्वसाधारणमा अन्योल हुने गरेको छ। यस वर्ष समितिको स्वीकृति नलिई प्रकाशन भएका मानसखण्ड र ज्वाला पञ्चाङ्गलाई कारबाहीका लागि गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पत्र लेखिएको अध्यक्ष गौतमले बताए।
पञ्चाङ्गलाई व्यवस्थित गर्न समितिले मस्यौदा गरी संस्कृति मन्त्रालयमा पेश गरेको नेपाल पञ्चाङ्ग निर्णायक समिति ऐन तीन वर्षअघिदेखि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा अड्किएको छ। मन्त्रालयका संस्कृति महाशाखा प्रमुख भरतमणि सुवेदी मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको समितिलाई कानूनी आधार दिने सम्बन्धमा छलफल भइरहेको बताए।
मन्त्रिपरिषद्ले ज्योतिष, धर्मशास्त्र, संस्कृति, नेवारी संस्कृति, गुरुङ, तामाङ एवं शेर्पा संस्कृति विज्ञसहितको नौ सदस्यीय समिति गठन गरेको छ। समितिको निर्णय बमोजिम पात्रोले स्वीकृति पाउने गरेका छन्। रासस
Comments
अरु समाचार
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
घमेस दुलालले ल्याए नयाँ गित (भिडियोसहित)
काठमाडाैं । चर्चित गायक घमेस दुलाल र रिता कुलुको आवाजमा मत पलास बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। पुकार...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...












