शिवरात्रि लक्ष्यित गर्दै पशुपतिनाथमा निःशुल्क भण्डारा सुरु

काठमाडौं, २२ माघ । महाशिवरात्रिलाई लक्षित गरी पशुपतिनाथ मन्दीरमा निःशुल्क भण्डारा सुरु भएको छ ।महाशिवरात्रिमा भगवान पशुपतिनाथको दर्शनका लागि आउने साधु, सन्त र सर्वसाधारणका लागि पशुपति क्षेत्रस्थित वनकालीमा निःशुल्क भण्डारा सुरु भएको हो ।
शिव सेना नेपाल र बाबा मोहननाथ गुरुगद्दि जालोरको आयोजनामा ‘महाशिवरात्रिमा चौथो विशाल भण्डारा २०७४’ सोमबारबाट सुरु भएको छ । भगवान शिवको विशेष पुजापाठ र हवनसँगै भण्डारा सुरु भएको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ ले जानकारी दिए ।
शिव सेना नेपालले केही वर्षदेखि निःशुल्क भण्डारा सञ्चालन गर्दै आएको छ । पहिलो वर्ष तीन दिनका लागि निशुल्क भण्डाराको आयोजना गरिएको थियो । गतवर्ष पाँच दिनका लागि गरिएको भण्डारा यसवर्ष शिवरात्रिको एक साताअघि देखि नै सञ्चालन गरिएको छ ।
अध्यक्ष बस्नेत भन्छन्, ‘विगतको तुलनामा यसपटक बढी दिन भण्डाराको आयोजना गरेका छौं । एक सातामा करिब १ लाखले निःशुल्क भोजन गर्नुहुनेछ भन्ने हाम्रो अनुमान हो ।’ भण्डाराको सात्विक भोजनमा खीर, मीठाई, फलफूलसमेत राखिएको छ ।
यसवर्षको महाशिवरात्रि फागुन १ गते परेको छ । महाशिवरात्रिमा भगवान पशुपतिनाथको दर्शनका लागि बाबा र साधुहरु काठमाडौं आउन थालिसकेका छन् । शिवरात्रिमा भारतबाट साधु, बाबा, सन्यासी, जोगी, नागाबाबासमेतको भिड हुने गर्छ ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











