कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीमाथि सीआईबीको अनुसन्धान
काठमाडौं, २४ माघ । कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआर्इर्बी) ले अनुसन्धान थालेको छ । केही मानिसहरुलाई गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको आरोप लगाउँदै सिआइर्बीले अनुसन्धान थालेको हो ।
प्रहरीका अनुसार केही समय अगाडि दक्षिण कोरियामा सांस्कृतिक कार्यक्रमम भाग लिन खड्गीसहितको जम्बो टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको थियो । तर, खड्गी र अर्को एकजना मात्रै नेपाल फर्केको र बाँकी ११ जनालाई उतै बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।
प्रतिव्यक्ति १० देखी १५ लाख रुपैयाँ असुल गरेर रोजगारीका लागि आकर्षक गन्तब्य मानिएको दक्षिण कोरियामा मान्छे पठाएको सूचना प्रहरीले पाएको थियो । त्यहीँ आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोेले उनीमाथि अनुसन्धान शुरु गरेको हो ।
द्वन्द्व निर्देशक राजेन्द्र खड्गीबारे अनुसन्धान भईरहेको पुष्टि गर्दै केन्द्रीय अनुसन्धान ब्यूरोेका निर्देशक (डीआईजी) पुष्कर कार्कीले भने, ‘राजेन्द्र खड्गीसँग गएका ११ जना दक्षिण कोरियामा लुकेको सूचना आएको छ । हामीले प्रारम्भिक अनुसन्धान शुरु गरेका छौँ ।’ खड्गीसँगै एउटै टोलीमा गएका श्री प्रसाद राना, निमा शेर्पा र कालु लामा लगायतका ११ जना युवा–युवती कोरियामै रहेको प्रहरीको शुरुको अनुसन्धानमा छ ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











