सरकारी स्कूलको गुणस्तर नीजीको हाराहारीमा ल्याइने
काठमाडौंँ । कागेश्वरी मनोहरा नगरापलिकाका मेयर कृष्णहरी थापाले आफ्नो नगर क्षेत्रका सरकारी विद्यालयलाई नीजी विद्यालयको हाराहारीमा लैजाने प्रतिवद्धता जनाएका छन् । नगरापालिकाको काँडाघारीस्थीत अक्षरा स्कूलको सातौँ स्थापना दिवस तथा भूकम्प प्रतिरोधी भवनको उद्घाटन गर्दे मेयर थापाले नीजी क्षेत्र र सरकारीलाई एउटै बाटोमा हिंडाउने गरी भिजन तयार गरेको बताएका हुन् ।
मुलुक संघीयतामा गएपछि जिल्ला शिक्षा कार्यलयले हेर्दै आएको शिक्षाको अधिकार स्थानीय सरकारलाई गएको छ । ‘हाम्रो नगरपालिकाकामा ४० वटा नीजी स्कूल रहेछन्, मेयर थापाले भने, ‘के कस्तो अवस्था छ भनेर अध्ययन गरिराखेका छौं । हाम्रो नगरमा अक्षरा स्कूलले दिएको गुणस्तरको शिक्षा प्रसंशनीय छ । यो स्कूलले दिएको गुणस्तरीय शिक्षाको कारण कागेश्वरी मुनोहरा मात्रै नभई छिमेकी मध्ययपर ठिमी नगरपालिका, काठमाडौँ महानगरपालिका लगायतबाट विद्यार्थी आउने गरेको हन् । यो विद्यालय पनि हाम्रो नगरापालिकामा दर्ताको प्रकृयामा छ ।’ नगरपालिका भित्रका स्कूलका शुुल्क निर्धारण गर्ने अधिकार समेत स्थानीय सरकरालाई छ ।
काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपतिले हामीले मुलुुक बाहिरको ज्ञान दिएकोले आफैंलाई चिनाउने शिक्षा दिनु पर्नेमा जोड दिए । ‘अब मुलुक बनाउने ज्ञान दिनु प¥यो । सिप दिनु प¥यो,’ शर्माले भने, ‘काम गर्ने अठोट ज्ञानले दिन्छ । हामीले ज्ञान दिएका छौं । हामीले दिएको शिक्षा राम्रो पनि छैन । नराम्रो पनि छैन ।’ हामीले दिएको शिक्षा आफैँलाई मात्रै सोच्ने खालको भएको बताए । ‘अब शिक्षा समाजलाई पनि सोच्ने हुनुपर्छ,’ उनले भने, ‘उच्च शिक्षामा राम्रो भनेका विद्यार्थी बाहिर गएका छन् । राम्रो मान्छे बाहिर गएपछि देश कसले बनाउने ? नराम्रो मान्छेले ? हामी प्राकृतिक रूपमा सम्पन्न छौं । त्यसलाई व्यवस्थापन गर्न सके देश छिटै उभो लाग्छ । शिक्षाले प्राकृति स्रोत व्यवस्थापन गर्ने तरिका सिकाउनु पर्छ । हामीले प्रकृतिमा मात्रै गर्व गरेर हुँदैन । हामीले गरेका काममा गर्व गर्नुपर्छ । हामीले गर्व गर्न लायक काम गर्नुुपर्छ ।सरकारले मात्रै होइन नागरिकले पनि केहीगर्न सक्छन् भन्ने उदाहरण काठमाडौं विश्वविद्यालयमा देखाइएको उनले बताए । ‘जनतासंग पनि केही गर्ने तागत हुन्छ,’ उनले भने, ‘राज्यले मात्रै गर्न सक्छ र राज्यले मात्रै गर्न पर्छ भन्ने होइन । जनताको संस्थाले पनि गर्न सक्छन् भन्ने मान्यताले काठमाडौं विश्वविद्यालय खोल्यौं । अक्षरा स्कूल पनि जनताको संस्थाले केही गर्न सक्छन् भन्ने उहादरण हो । यहा भएको स्रोतलाई सदुपयोग गरेर यो स्कूलले दिएको शिक्षा उदाहरणीय छ ।’
स्कूलकी प्रिन्सिपल अञ्जु भट्टराइले सरक्षित र बालमैत्री सिकाइमा स्कूलले ध्यान दिएको बताइन् । ‘धेरै दुःख गरेर यो भवन बनाएका हौं,’ उनले भनिन्, ‘कठिनाइ र चुनौती छन् । त्यसका बाबजुद पनि बालबालिकालाई केन्द्रमा राखेर हामी अघि बढेका छौं । आउट डोर र इनडोर कार्यक्रम समायोजन गरेर शिक्षा दिइरहेका छौँ । गरी, हेरि भन्ने भनाइका साथ हामी अघि बढेका छौं । मिसन भिजनका साथ लक्ष्य निर्धारण गरेका छौं । हामी देशकै नमुना स्कूल बनाउन लागि रहेका छौं । बौद्धिक डोमेन मात्रै नबनाइ शारिरीक, सामाजिक डोमेन पनि बनाउन चाहन्छौं हाम्रा बालबालिकालाई ।’
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












