सम्झनामा कलाकार सन्तोष बानियाँ
काठमाडौँ । कलाकार सन्तोष बानियँको घर गोरखास्थि नयाँसाँघु हो । रोजगारीको शिलशिलामा मलेसिया पुगेका बानियाँले आफ्नै कोठामा पासो लगाइ झुण्डिएर आत्महत्या गरे ।यस किसिमको दुःखद् खबरले लोकगीत संगीत परिवार शोकमा डुबेको छ ।
म सँग एकदिन अघि कुरा भएको थियो फेसबुकमा उहाँसँग । भन्नुहुन्थ्यो–”सर मेरो नयाँ गीत आउँदै छ समाचार लेखेर सहयोग गरिदिनुपर्छ है । ‘’ उहाँका गीतको प्रत्येकको मैले समाचार बनाइदिएको छु । सहयोग गरेको छु । जसो उहाँको सिर्जनाको म फ्यान हुँ । उहाँले सिर्जना गरेका प्रत्येक शब्द हृदयस्पर्शी हुन्छन् ।
हामी दुवैजना गोरखाकै भएकाले आत्मिय पनि भयौं । फेसबुकमा निरन्तर कुरा हुन्थे । दुःख, सुखका कुरा सुनाउनु हुन्थ्यो । दिनभरी कार्यक्रममा व्यस्त भएँ । बेलुका ८ः३० बजेतिर फेसबुक खोल्दा टाइमलाइनमा ‘रिप सन्तोष’ भनेर सन्तोष बानियँको वालमा लेखेको देखें । झसङ्क भएँ म । एकदिन अगाडि मसँग कुरा गरेको मान्छेको एक्कासी त्यस्तो खबर सुन्दा मैले पत्याइन । म सत्याता खोज्न लागेँ । उहाँसँग जोडिएका साथीहरू सम्पर्क गरेँ । उहाँहरू नै झसङ्ग हुनुभयो । एकछि कुरेँ । उहाँको फेसबुकमा समवेदनाका शब्दहरू पोस्टीन थाले । एक अनलाइनले समाचार प्रकाशित ग¥यो सन्तोष बानियाँको मृत्युबारे । अनि बल्ल पत्याएँ । मैले पनि उहाँलाई समवेदना प्रकट गरेँ र भने–”सन्तोष सर, गल्ती गर्नुभयो, हार्दिक श्रद्धाञ्जली ।”
उहाँको सम्झनाले निकै आयो । बेलुका उहाँका गीतहरू युट्युवमा सुनेँ । रुम मन लाग्यो । विहान उठेर मृत्युको समाचार लेखेँ । मृत्युको कारण पहिल्याउन सकिन । तै पनि कारण खुल्न सकेन भनेर समाचार लेखें । प्रकाशित गरेँ । उहाँको संघर्ष, सफलताका, गीत निस्केको खुसीको समाचार लेख्ने म उहाँको मृत्युको समाचार लेख्दा निकै दुःखी भएँ । निधनको समाचार बाहिरीएपछि मैले उहाँको छोरीलाई सम्झेँ ।
आफ्नै काममा थिएँ । आज विहान १० : ३० बजेतिर वरिष्ठ कलाकार रश्मी भट्टले फेसबुकमा मलाई सम्पर्क गर्नुभयो । उहाँले मलाई सम्पर्क गर्नुको कारण मैले बुझीहालेँ । उहाँले सीधा कुरा गर्नुभयो– ‘‘म सन्तोषको घरमा गएर भर्खर आएको ।’’ मैले सन्तोषको परिवारको अवस्थाबारे जिज्ञासा राखेँ । मृत्युको कारण जान्न चाहेँ । उहाँले म्यासेन्जरमा फोन गर्नुभयो । सबै कुरा बताउनुभयो । तर, मृत्युको कारण उहाँलाई पनि थाहा रहेनछ । करिव १० मिनेट कुरा भयो । उहाँले सन्तोषसँगको आत्मीयता सम्बन्ध रहेको सुनाउनुभयो । वरिष्ठ कलाकार भट्टले बानियाँको एल्वम ‘टुहुरी’ मा आमा बनेर अभिनय गर्नुभएको छ । कुराकानीमा सन्तोषसँग आत्मीय कुरा हुने र आमा सरह आदर गर्ने सुनाउनुभयो । एउटा परिवार जस्तो हुनुहुन्थ्यो सन्तोष, वरिष्ठ कलाकार भट्टले भावुक हुँदै पंक्तिकारसँग भन्नुभयो,‘‘ किन छिट्टै लैजान्छ दैवले राम्रो मान्छेलाई ?’’
मृतक बानियँका एक छोरी र श्रीमती हुनुहुन्छ ।
सन्तोष बानियाँ एक कुशल स्रष्टा हुन् । नेपाली लोक संगीतमा उहाँको योगदान महत्वपूर्ण छ । लोकगीतमा भित्रिएका विकृति विसङ्गतीको खुलेर विरोध गर्नुहुन्थ्यो । शनिबार उहाँको नयाँ गीत ‘विरह’ सार्जजनिक भएको थियो । यसअघि सन्तोषको सिर्जनामा ‘साथी बनेर’, ओइलिएको फूललाई शिरमा’, ‘मेरो पालो कैले’ जस्ता गीतहरू बजारमा आएका थिए । जुन गीतहरू निकै चर्चित छन् । लोक संगीतले एउटा प्रतिभाशाली कलाकार गुमाएको छ । लोकगीतका पारखीहरूले राम्रो शब्द संकलक गुमाएका छन् । उहाँले लोकदोहोरीको संरक्षण र संवद्र्धमा पु¥याएको योगदानको सबैले सम्मान गर्नुपर्छ । अलविदा सन्तोष बानियाँ !
हार्दिक श्रद्धाञ्जली ।
यस्तो छ फेसबुक स्टाटस
”जब आखै अगाडिका सत्यहरू झुट साबित भैदिन्छन्,तब जिउनु को के अर्थ छ र ? जब आफ्नो मान्छेनै आफूसँग नरहेसी जिउनुको के अर्थ रहन्छ र ? न रहन्छ बाँस न बज्छ् बाँसुरी बिरह ”
”कहिलेकाहिँ त सोच्छु बाँच्नैको लागि किन यति धेरै संघर्ष हो र आखिरको बन्यो र अमर अजर ?? एक दिन मर्नु छ भने या बरू !!! जे होला होला ! मरिदिन्छु ! हैट, भोलिसम्म त जसरी नि बाँच्नुपर्छ बिरह हेर्नू परो नि !”
उहाँका शब्द, संगीतमा बनेका केही गीतहरू हेर्नुहोस्
https://www.youtube.com/watch?v=TtRXGycRqeU
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












