बलिउड अभिनेता गोबिन्दाले मन्दिरमा भैसी काटेकै हुन त ?
काठमाडाैं १६, जेष्ठ । बलिउडमा कहिले के त कहिले कै के विषयले चर्चा बटुलेकै हुन्छ । यस्तै, अभिनेता गोविन्दामाथि मन्दिरमा भैंसी बली दिएको भन्ने विषयले उनी विवादमा तानिएका छन् ।
गुहाटीस्थित कामाख्या मन्दिरमा गत सोमबार दर्शन गर्न पुगेका उनले भैंसी बली दिएको भन्दै आसामका चर्चित गायक तथा फिल्मकर्मी जुबेन गर्गले गोविन्दाले भैंसी काटेको आफूले सुनेको भन्दै टि्वटरमा लेखेका थिए, ‘भगवानले कहिले पनि पशु बली माग्नु हुन्न । पशुको बली दिन होइन, बलिदान गर्न सिक्नुस गोविन्दा जी ।’
उनको यो टि्वटले ठूलै तरंग ल्याएको छ । मानिसहरु गोविन्दाको पक्ष र विपक्षमा बाँडिएर बहस गरिरहेका छन् । हिन्दूवादीहरुले भने गोविन्दाको बचाउ गरेका छन् ।
विवाद चर्किँदै गएपछि मन्दिर व्यवस्थापनले यस विषयमा प्रष्टिकरण दिएको छ । उसले गोविन्दाले भैसीं काटेको कुराको खन्डन गरेको छ ।
‘गोविन्दा यहाँ आउनुभएको थियो, र केवल १५ मिनेट बिताउनुभयो । उहाँले भैैंसी बलि दिएको कसैले देखेको छैन,’ मन्दिर व्यवस्थापन समितिका सदस्य भुपेश शर्माले भने ।
उनले मन्दिरमा दर्शन गर्न दैनिक २० हजार मानिसहरु आउने गरेको र उनीहरुमध्ये ५० जनाले मात्र पशुबली दिने गरेको उल्लेख गरे । साथै, पशुवली हिन्दूधर्मको एउटा प्रथा भएकाले यसलाई रोक्न नसकिने उनको तर्क छ ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











