‘छक्का पन्जा ३’ स्वस्तिमाको इन्ट्री, सिक्वेलको लहरमा दिपक-दिपा
काठमाडौं २८, जेष्ठ । छक्का पन्जा फिल्मले राम्रै आर्थिक लाभ दिएपछि दिपक-दिपा यसैको सिक्वेल निर्माणमा लागि परेका छन् । नेपाली फिल्म बजारमा सिक्वेल बनाउने क्रममा विकासराज आचार्य पनि ‘नाई नभन्नु ल’ बाट सिक्वेलका हकदार मानिन्छन् ।
कथा र विषयवस्तुमाथि फिल्मको प्लट घुम्नु पर्नेमा पिल्म निर्माता निर्देशकमा सिक्वेलको भूत चढ्नुले फिल्म विकासमा कस्तो टेवा पुर्याउला त्यो त इतिहासमा देखिने नै छ ।
अहिले ‘छक्का पञ्जा’को तेस्रो सिक्वेल फिल्म ‘छक्का पञ्जा ३’ को सुटिङ भईरहेको छ । दोस्रो सिक्वेल फिल्म ‘छक्का पन्जा २’मा लीड रोलमा काम गरेकी अभिनेत्री स्वस्तिमा खड्का ‘छक्का पन्जा ३’मा पनि देखिने भएकी छन् । भर्खरै अभिनेत्री खड्काको ‘छक्का पन्जा ३’मा इन्ट्री भएको हो ।
अहिले यो फिल्मको पोखरामा धमाधम छायांकन भैरहेको छ भने सुटिङ सेटमा स्वस्तिमा पनि देखिएकी छन् । दिपाश्र निरौलाले निर्देशन गरिरहेको यो फिल्मको छायांकन अन्तिम चरणमा पुगेको छ । असारको पहिलो साता पोखराको छायांकन सकेर काठमाडौं र्फकने निर्देशक दिपाश्रीले जानकारी गराएकी छन्
निर्देशक दिपाश्रीका अनुसार यो फिल्मको एउटा गीतमा स्वस्तिमालाई देख्न सकिनेछ । साथै फिल्मको केही दृश्यमा पनि अभिनेत्री स्वस्तिलाई देख्न सकिनेछ । फिल्ममा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्दि तामाङ, दिपिका प्रसाई, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । यो फिल्म आगामी दशैको फूलपातिबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












