प्रियंका चोपडालाई लज्जाको पाठ पढाउने होटलका स्टार शेफ बर्खास्त, किन यति विवादित ?
बीबीसी – दुबईस्थित जेडब्ल्यू मेरियट होटलका स्टार शेफ अतुल कोचरलाई उनको ट्वीटका कारण बर्खास्त गरिएको छ ।
कोचरले बलिउड नायिका प्रियंका चोपडालाई निशाना बनाउँदै एक इस्लाम विरोध ट्वीट गरेका थिए जसका कारण उक्त निर्णय लिइएको थियो । यद्यपी, पछि कोचरले उक्त ट्वीट डिलिट गर्दै यसबारे स्पष्टिकरण पनि दिएका थिए ।
कोचरले उक्त विवादित ट्वीट आइतबार गरेका थिए । उनले लेखेका थिए, ‘विगत दुई हजार वर्षदेखि इस्लामद्वारा सताइएको हिन्दु धर्मको भावनालाई तपाईं ९प्रियंका चोपडा० ले सम्मान नगरेको देख्दा निकै दुःख लाग्यो । तपाईंलाई आफैंमाथि लाज लाग्नुपर्ने हो ।’
उनको ट्वीटले जब विवाद बढ्यो तब उनले उक्त ट्वीट डिलिट गरे र अर्को नयाँ ट्वीट गरे ।
उनले लेखे, ‘मेरो ट्वीटको विषयमा कुनै स्पष्टिकरण पेश गर्न सकिन्न । आइतबार क्षणिक भावनामा बगेर मैले गल्ती गरें । मैले आफ्नो गल्ती स्विकारेको छु र म इमान्दारीपूर्वक माफी माग्छु । म इस्लामोफोबिक होइन । मलाई आफ्नो टिप्पणीप्रति खेद छ जसले थुप्रैलाई रुष्ट बनाएको छ ।’
तर ट्वीट डिलिट गरेपछि र माफी मागेपछि पनि दुबईको होटलले उनलाई बुधबार जागिरबाट निकालिदिएको छ । होटलका एक प्रवक्ताले उनको बर्खास्तीबारे पुष्टि गर्दै भने, ‘हामी आफ्नो होटल र रेष्टुरेन्टमा सांस्कृतिक विविधतालाई कायम राख्न चाहन्छौं र यसमा हामीलाई गर्व छ । यो पाहुनाका साथै यहाँ काम गर्ने कर्मचारीको सन्दर्भमा पनि लागू हुन्छ ।’
अतुल यस्ता भारतीय शेफ हुन् जसलाई उनको लण्डनस्थित बनारस रेष्टुरेन्टका लागि सन् २००७ मा मिशेलिन स्टार अवार्डद्वारा सम्मानित गरिएको थियो ।पछिल्ला केही दिनदेखि प्रियंका चोपडाको शो क्वान्टिको निकै चर्चामा छ र त्यो पनि एक एपिसोडको दृश्यका कारण ।
यसका लागि प्रियंकासहित कार्यक्रमका निर्माताले माफी माग्नु पर्यो । अब त्यही एपिसोडमा टिप्पणी गरेका कारण एक भारतीय मूलका शेफले आफ्नो जागिर गुमाउनुपर्यो ।उक्त विवादित दृश्य ‘क्विान्टिको थ्री’ को पाँचौं एपिसोडको हो । उक्त दृश्यमा पाकिस्तान–भारतबीच शान्ति वार्ता हुन लागेका बेला न्यूयोर्कमा चरमपन्थी परमाणु हमलाको षड्यन्त्रबारे पत्ता लागेको देखाइएको छ ।
प्रियंकाले उक्त सिरियलमा एफबीआई एजेन्ट एलेक्स पेरिशको भूमिका निभाइरहेकी छिन् । उक्त हमलाको षड्यन्त्रको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिन्छ र उनको समूहका सदस्यलाई उनी पाकिस्तानी भएको शंका लाग्छ ।
तर प्रियंकाले उनको गलामा रुद्राक्षको माला देखिन्छन् र भन्छिन्, ‘उनी पाकिस्तानी होइनन् । उनको घाँटीमा रुद्राक्षको माला छ । पाकिस्तानी मुसलमानले रुद्राक्षको माला लगाउँदैनन् । यी भारतीय राष्ट्रवादी हुन् जो हमलामार्फत पाकिस्तानीलाई फसाउने कोसिस गरिरहेका छन् ।’
यद्यपी, पछि प्रियंकाले उक्त दृश्यका लागि माफी माग्दै ट्वीट गरेकी थिइन् ।
उनले लेखिन्, ‘मलाई अत्यधिक दुःख छ र यसका लागि माफी माग्न चाहन्छु । क्वान्टिकोको नयाँ एपिसोडले केही मानिसहरुको भावनालाई चोट पुर्यायो । यस्तो सोच पटक्कै थिएन । मलाई भारतीय हुनुमा गर्व छ र यो परिवर्तन हुन सक्दैन ।’ त्यसपछि सिरियलका निर्माता एबीसी नेटवर्कले पनि ‘क्वान्टिको’ मा हिन्दु चरमपन्थसँग जोडिएको उक्त दृश्यका लागि माफी मागेको थिए ।
समाचार एजेन्सी रोयटर्सका अनुसार कम्पनीले भनेको थियो, ‘उक्त एपिसोडका कारण केही मानिसहरु भावुक भएका छन् । उनको रिसको निशानामा प्रियंका चोपडा छिन् । उनले न त यो कार्यक्रम बनाएकी हुन्, न यसको स्क्रिप्ट लेखेकी हुन् न नै यसको निर्देशन गरेकी हुन् ।’
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












