रासस अध्यक्ष श्यामलको जीवनी
काठमाडौँ, ३१ जेठ (रासस) राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्षमा नियुक्त हरिहर अधिकारी (श्यामल) तीन दशकदेखि पत्रकारिता र साहित्य लेखनमा क्रियाशील हुँदै अाएका छन् ।
उनले तीसको दशकमा ‘मातृभूमि’ बाट पत्रकारिता शुरु गरेका थिए । दैलेखको गन्मगाउ“, पगनाथमा विसं २०१६ पुस ३० गते पिता उदयराम र माता कलावतीका कोखबाट जन्मिएका उनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा र साहित्यमा स्नातकोत्तर गरेका छन्। उनले ‘रूपरेखा’ मासिक, ‘घोषणा’, ‘दृष्टि’, ‘प्रतिपक्ष’ (साप्ताहिक), ‘नया“ पत्रिका’ र ‘सौर्य’ (दैनिक)मा सल्लाहकार सम्पादक भई काम गरिसकेका छन् ।उनले विसं २०३६ देखि २०३९ सम्म ‘प्रख्यात’ साहित्यिक मासिक पत्रिकाको सम्पादन समूहमा पनि रही काम गरेका थिए ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) मा विशेषज्ञ सेवा दिइसकेका उनले राष्ट्रिय अन्तर्राष्ट्रिय विकास परियोजना सञ्चालन गरिरहेका संस्थाका लागि विकास व्यवस्थापन तथा क्षमता विकास परामर्शदाता, प्रशिक्षक, अनुवादक, सहजकर्ताको भूमिका पनि निर्वाह गरेका छन्। उनले राष्ट्रिय प्रतिभा पुरस्कार ९२०५५०, साझा प्रकाशनबाट ‘गरिमा सम्मान’ ९२०६४०, ‘अग्निशिखा पत्रकारिता’ पुरस्कार २०६६ आदि सम्मान पाइसकेका छन् ।
उनका कविता संकलन, २०४४, ‘लयब्रह्म’ (कविता संकलन, २०६०, ‘कालचक्र नेपाल’, ‘हतारमा यात्रा’ )कविता संकलन, २०६८, ‘कविले रोजेका कविता’ (श्रव्य कविताः २०६३, ‘अभागी कर्नेल’ ) कोलम्बियाली आख्यानशिल्पी गाब्रियल गार्सिया मार्खेजको उपन्यास ‘नो वन राइट्स टु द कोलोनेल’ को अनुवाद २०६८, ‘रित्तो गाउँ’ निबन्ध संग्रह, २०६९ प्रकाशित छन् ।
उनका अंग्रेजी, जापानी, हिन्दी, असमिया, थारु र नेपाल भाषामा पनि केही कविताको अनुवाद प्रकाशित छन् । नेपाल टिभीमा नियुक्त अध्यक्ष डा महेन्द्र विष्ट नेपाल पत्रकार महासङ्घ र न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष हुनाका साथै टिभी, रेडियो र दैनिक पत्रिकाहरुमा पनि काम गरेका छन्। उदयपुरमा जन्मिएका विष्टले नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।
Comments
अरु समाचार
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
घमेस दुलालले ल्याए नयाँ गित (भिडियोसहित)
काठमाडाैं । चर्चित गायक घमेस दुलाल र रिता कुलुको आवाजमा मत पलास बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। पुकार...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...











