युट्युबका भिडियोमा अश्लीलताको कब्जा या समाजको माग ?
युट्युबका भिडियोलाई बजारमा आएपछि आमरुपमा मानिसले त्यसबाट कुनै किसिमको मनोरञ्जन, शिक्षा, सुचना लगायतका कुराहरु पाउन जरुरी छ तर कुन हदसम्मको भन्ने चाहि समाजको बनावट अनुसार हुने गर्दछ ।
विश्वमा यस्ता मुलुकपनि छन जहाँ अहिले भर्खरै मात्र महिलाले गाडी चलाउन अनुमति पाएका छन् । त्यो मुलुक हो साउदी अरेबिया ! त्यहाँको कानुन अनुसार उनीहरु भर्खरै मात्र आजाद भएको महसुस गरिरहेका छन् । तर, पश्चिमा मुलुक यस्ता पनि छन् जहाँ पोर्न भिडियो बनाएर आधिकारीक रुपमा चलचित्रको जस्तै बिक्रि वितरण गरिन्छ ।
तर, हरेक देशको आफ्नै संस्कार, संस्कृति, कला, रितिरिवाज, रहनसहन र भेषभूषा हुन्छ । त्यस्तै नेपालको पनि आफ्नै किसिमको संरचना छ, कानुन छ ।
अहिले तिब्र गतिमा विकास भइरहेको इन्टरनेटले भने मानिसलाई एउटा सानो कुनामा ल्यापदिएको छ । मानाैँ विश्व शक्ति कहलिएको अमेरिका होस या निरंकुश भनिएको उत्तर कोरिया, त्यहाभएका घटना छिनभरमै विश्वमञ्चमा सेकेन्डमै फैलिएका हुन्छन् ।
नेपालमा युट्युबवालाहरुको समचार र अन्तरवार्ताको रवैयाः
नेपाली समाज छिट्टै खुलिहाल्ने किसिमको मानिदैन तर कुनैपनि दुःखमा परेको समुदाय या मानिसको उद्दारमा भणे दिल ज्यान दिएर लाग्ने गर्दछन् नेपालीहरु !
पछिल्लो समयमा युट्युबले गर्दा नै सहयोग देखि लिएर गाएकसम्म बनाएका अशोक दर्जी यसका ज्वलन्त उदाहरण मान्न सकिन्छ । तर, युट्युबले सदै सकारात्म कुराको प्रचार गरेको छ र समाजलाई टेवा मात्रऔ पुर्याएको छ भन्नु पनि अलि अविवेकि मानिन्छ किनकी त्यसका केहि सामान्य उदाहरणहरुका बारेमा न्युज-नेपालले सानो रिपोर्ट बनाएको छ ।
कुनै किसिमको लज्जासरणम भन्ने कुराको वेवास्ता गरेर अन्तरवार्ता भनेर याैनका कुरा कोट्याउने फुल्चोकी मिडिया नामक युट्युब च्यानलले लिएका प्राय अन्तरवार्ता हेर्यो भने शिर्षकले नै एकान्तमा लगेर जाने गर्दछ ।
फुल्चोकि मिडिया नामक युट्युब च्यानलमा आएका धेरैजसो अन्तरवार्ता हेर्दा लाग्छ, यसमा अनतरवार्ता दिन आउनेहरुको दिमागमा सेक्सका बाहेक अरु कुरै छैन ।
फुल्चोकि मिडियामा कलाकार सुरवीर पण्डित ‘दारी बा’ लगायतका ख्याति प्रप्त कलाकारले समेत उक्त युट्युब च्यानलको प्रचार गरेका छन् भने कलाकारिता क्षेत्रलाई पाच्य हुन थालेको हो या अनुहार देखाउने रहर त्यो त उनैले जानुन् । तर, समाजलाई सभ्य बनाउन एउटा जिम्मेवार नागरिकको भूमिका हुन्छ भन्ने कुरा चाहीँ कसैले भुल्न हुदैन ।
यो माया कस्तो माया चलचित्रका लागि नायक नायिका फिल्मको प्रचारप्रसारको लागि अन्तरवार्ता दिने क्रममा वाउ नेपाल भन्ने युट्युब च्यानलमा पुगेका छन् । जहाँ अन्तरवार्ताको शिर्षक देखेपछि सामान्यतया मानिस एकान्तको खोजी गर्छ पक्कै हो ।
झण्डै तीन लाख १० हजारले उक्त च्यानललाई फ्लो गरेका छन् । WAW Nepal नामक युट्युब च्यानलमा भएका प्राय भिडियोमा सेक्ससंग जोडेर नै सामाग्री प्रकाशन गरिएको छ ।
यी दुई युट्युब च्यानल प्रतिनिधि पात्र मात्र हुन अन्य यस्ता थुप्रै च्यानल छन जो याैनजन्य कुराहरुलाई आधार बनाएर काम गरिरहेका छन्। सरकारले यी यस्ता च्यानललाई कसरी नियमन गर्ला त्यो भिन्न कुरा ह तर सामाजिक सद्भावमा खलल आउन नदिन भने यस्ताकुरालाई बहिस्कार गर्नुको विकल्प छैन् ।
Comments
अरु समाचार
-
‘पहिले विभेद गर्नेले पनि अचेल नौमती बाजा सिक्दै छन्’
इलाम : यहाँको रोङ गाउँपालिकाले महिलालाई व्यावसायिक बनाउन र लोक संस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाइँदैछ । कुनै समय...
-
दुई विदेशी कलाकारका कला साताव्यापी प्रर्दशन गरिने
काठमाडौँ: ‘आन्तरिक परिदृश्य’ शीर्षकमा दुई विदेशी कलाकारका कला साताव्यापी रूपमा प्रर्दशन गरिने भएको छ । ताइवानकी चाउ मेङ येह र...
-
फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । महोत्सव ललितपुरको यलमाया केन्द्रमा...
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...