सिक्वेल किङ ‘नाईं नभन्नु ल ५’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)
ट्रेलर रिलिज भएसंगै चलचित्र प्रदर्शनको मिति समेत तय भएको छ
काठमाडाैं २६, असार । सिक्वेल किङ चलचित्र ‘नाईं नभन्नु ल ५’ को ट्रेलर सार्वजनिक भएको छ।
ट्रेलरमा फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का, निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी फिचर्ड छन् ।
फिल्म मार्फत अभिषेक नेपालले डेब्यू गर्दै छन्। फिल्ममा बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्माको अभिनय रहेको छ।फिल्ममा दिलिप, निरुता, केकी, प्रियंका, स्वस्तिमासँगै जयनन्द लामा, बुद्धि तामाङ लगायतको अभिनय छ।
वान टाइम सिनेमाको ब्यानरमा बनेको चलचित्रको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल रहेका छन् । चलचित्रका गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् ।
बिकास राज आचार्यले निर्देशन गरेको फिल्ममा सामिप्यराज तिमल्सेना र बिकासको कथा रहेको छ। फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन, बसन्त सापकोटाको संगीत र अर्जुन जिसीको सम्पादन रहेको छ। फिल्म आगामी भदौ ८ मा प्रदर्शन हुनेछ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












