कडाइका साथ सुशासन र तीव्रताका साथ विकास: प्रधानमन्त्री
काठमाडौँ २९,असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनको चरण समाप्त भएकाले अब कडाइका साथ सुशासन र तीव्र्रताका साथ विकासमार्फत समृद्धितर्फको यात्रा शुरु भएको बताए।
आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत् खण्ड कला साहित्य सम्मिलन २०७५ को आज उद्घाटन गर्दै उनले भने, “भौतिक समृद्धि मात्र नभई सांस्कृतिक समृद्धितर्फ पनि राज्यको ध्यान केन्द्रित छ ।”
प्रधानमन्त्री ओलीले पैसाले मात्रै विकास हुँदैन, सोच र चिन्तनले विकास हुन्छ, औपनिवेशिक कालमा जस्तो ठूला र धनीले साना र गरीबलाई शोषण गरेर धनी र सम्पन्न हुने चरण समाप्त भइसकेको छ भन्दै अब स्वतन्त्रता, सुरक्षा र सम्मान सहितको आधुनिक लोकतन्त्रका लागि साहित्य र संस्कृतिकर्मीहरु पनि केन्द्रित हुनुपर्नेमा जोड दिए ।
जैविक र मानवीय न्यायोचित आवश्यकताको परिपूर्ति जनताको पहिलो शर्त भएको उल्लेख गर्दै उनले एकता, सहिष्णुता र मेलमिलाप नेपाली संस्कृति भएकाले नेपालको ऐतिहासिक र वैभवपूर्ण संस्कृतिलाई विश्वसमक्ष फैलाउनुपर्ने बताए ।
शताब्दी वाङ्यमय पुरुष सत्यमोहन जोशीले नेपाली कला र संस्कृतिको विदेशीले समेत अन्वेषण गरिरहेको सन्दर्भमा स्वदेशका प्राज्ञिक निकायले आफूलाई त्यसमा केन्द्रित गराउनुपर्ने आवश्यकता औँल्याए ।
वरिष्ठ साहित्यकार डा मोदनाथ प्रश्रितले नेपालको हिमाली सभ्यता र परम्परालाई अग्रभागमा राखेर हिमवत् खण्डको संस्कृतिको अध्ययन र संरक्षणमा लाग्न सम्बन्धीत सबै पक्षसंग आग्रह गरे ।
वरिष्ठ कवि वैरागी काइँलाले कतिपय भाषा र संस्कृति लोपोन्मुख हुन लागेको बेला सम्मिलनले त्यसको जगेर्नामा योगदान दिन सक्ने अपेक्षा व्यक्त गरे ।
सम्मिलनमा नेपाली साहित्यमा विद्यावारिधि बेलायती नागरिक डा माइकल हर्ट, भारतको सिक्किम विश्वविद्यालयका डिन डा कविता लामालगायत जापान, भुटान, थाइल्याण्ड, रुस, फ्रान्सलगायत मुलुकका साहित्यकारको सहभागिता छ ।
भारतको ग्वाँटी, उत्तराखण्ड, सिक्किम, कोलकोता, हिमाञ्चल, देहरादुन, दार्जिलिङ, वाराणसी, विहार, सिलोङलगायत स्थानका साहित्यकारहरुको सहभागिता छ ।
सम्मिलनमा हिमवत् खण्ड र साहित्यसम्बन्धी कार्यपत्र, बहुभाषिक कवि गोष्ठी, सांस्कृतिक कार्यक्रम हुनाका साथै चन्द्रागिरि अवलोकन र स्थलगत सिर्जना लेखन र प्रस्तुतिसमेत हुने आयोजक समितिका संयोजक प्रा राजेन्द्र सुवेदीले जानकारी दिए ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












