पत्रकार तथा रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई अञ्जली अधिकारीको हमला (भिडियोसहित)
काठमाडाैं २, साउन । पत्रकार तथा रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई अहिलेकी चर्चित तथा हट मोडेल अञ्जली अधिकारीले हमला गरेकी छन् ।
‘धमला धमला ऋषि धमला, चर्का कुरा नगर हो बोली सम्हाल’ भन्दै अञ्जली अधिकारीले आैंला ठाडो पार्दै उनलाई हम्यहम्य पारेकी छन् ।
सन्तोष देउजाको लय तथा शब्दमा राधिका हमाल र प्रदिप त्रिपाठीको स्वरमा रहेको ‘धमला धमला ऋषि धमला’ बोलको गितमा अभिनय गर्दै अञ्जली अधिकारी र ऋषि धमलाले रिपोर्टर्स क्लबमा धमलाको चरित्र चित्रण गर्न खोजिएको छ ।
पछिल्लो समय पत्रकारका बारेमा गित बन्न थालेदेखि पत्रकारहरु मोडलिङका साथै आफ्नो प्रचार गर्ने नयाँ उपाए समेत खोज्न थालेका छन् ।
प्रकाश भट्टको निर्देशनमा बनेको गितलाई बिष्णु शर्माले सम्पादन गरेका छन भने, राजेश घिमिरेले छायांकन गरेका छन् ।
धमलालाई गितमा देशको सवैभन्दा ठुलो पत्रकारको बिल्ला भिराउन खोजिनुका साथै उनले नेपाली राजनीतिमा चलेका अनुहारहरुसंग गरेको कुराकानीलाई समेत समेटिएको छ । धमलाको हिरोइज्म देखाउन गितमा थुप्रै प्रयास गरिएको छ ।
उनको स्वभाव र यो देशमा ऋषि बाहेक पत्रकार नै छैनन झै् गरेर देउजाले धमालाको जयजयकार समेत गरेका छन् । उनले गितमा लेखेका छन् ‘हमला हमला हमला छोड हमला, नचिन्ने त को होला र ऋषि धमला !’ धमलाको जयजयकार गर्ने देउजाको पनि जय होस् ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












