कबिता-तिम्रो र मेरो भेट फगत दुई चुस्कि कफिको
कबिता
तिम्रो र मेरो भेट फगत दुई चुस्कि कफिको
तिम्रो र मेरो भेटको संवाद फगत दुई अक्षरको शब्दको
भो अब पिरती नलगाम है रामसाईला।
कहिले ऊनी पर्खिन्छन मलाई त कहिले म कुर्छु ऊनीलाई
केहि बेरको प्रतीक्षा पछि भेट हुन्छ हाम्रो
भेट हुँदा खुशीको चमन देखिदैन उनको आँखामा
न मेरो सास फुलेर ढप्प नै हुन्छ
एकअर्काको मुखमा हेरी फिस्स हाँस्छौ र आफ्नो कुर्सी तानेर बस्छौं
दुई बेग्लै कम्पनीका मान्छे काम विशेषको मिटिङ्मा आएको जसरी ।
तिम्रो र मेरो भेट फगत दुई चुस्कि कफिको
तिम्रो र मेरो भेटको संवाद फगत दुई अक्षरको शब्दको
भो अब पिरती नलागाम है रामसाईला।
चुपचाप चुपचाप चुपचाप
सन्नाटा चिर्नलाई म गुनगुनाउछु कुनै हिन्दी सिनेमाको गाना
ऊनी भन्छन एकछिन नबोल है एकदुई वटा कल गर्नुछ
म घोत्लिन्छु आफ्नै फोनको याप्ससँग
मेरो आफ्नै संसार सुरु हुन्छ ऊनी आफ्नै धुनमा हुन्छन
यसैबीचमा आईपुग्छ कफि।
तिम्रो र मेरो भेट फगत दुई चुस्कि कफिको
तिम्रो र मेरो भेटको संवाद फगत दुई अक्षरको शब्दको
भो अब पिरती नलागाम है रामसाईला।
केहि लिउ है भन्दै मेनु अघि सार्छन ऊनी म गर्छु अर्डर खानाको
अब सोध्छन ऊनी के हुँदैछ जीवनमा? म भन्छु चलिराछ
ऊनी भन्छन चल्तीका नाम जिन्दगी, म भन्छु जय जिन्दगी
आएको खाना एकअर्कालाई बाड्ने चलन छैन हाम्रो
खानापछी मगाइन्छ बिल अब त निस्किने बेला भैगयो
बिदाई भावको हुँदैन,फरक कम्पनीबीच सम्झौता हुन नसकेको जस्तो
ऊनी आफ्नो बाटो म आफ्नो बाटो।
तिम्रो र मेरो भेट फगत दुई चुस्कि कफिको
तिम्रो र मेरो भेटको संवाद फगत दुई अक्षरको शब्दको
भो अब पिरती नलागाम है रामसाईला।
– सरस्वति अधिकारी
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











