कविता नेपाली बनिन् नेपालकै पहिलो डान्सिङ सुपरस्टार
काठमाडाैं २०,साउन । एपी वान टेलिभिजनद्वारा आयोजित नेपालकै पहिलो डान्सिङ सुपरस्टारको उपाधि सर्लाहीकी १८ वर्षीया कविता नेपालीले जित्न सफल भएकी छिन। त्यस्तै प्रगती पुन फ्रस्ट रनरअपर तथा सरोज मोक्तान सेकेन्ड रनरअप भए ।
अन्तर्राष्ट्रिय फे्रन्चाइजको डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै कबिताले उपाधि सहित २५ लाख पनि जितिन्। भने प्रगतिले ६ लाख र सरोजले चार लाख नगद पाएका छन् ।
बुगीवुगीका लागि अनलाइन अडिसनमार्फत् देशभरबाट तीन हजार डान्सर सहभागी थिए। तीमध्ये एक सय ५० जना डान्सरलाई दोस्रो राउन्डको अडिसनका लागि काठमाडौं बोलाइएको थियो। उनीहरू मध्येबाट १८ जना प्रतियोगी छानिए।
त्यसबाट पनि भिडियो राउन्ड, कला प्रदर्शन राउन्डलगायत विभिन्न चरणका कठिन सिँढी उक्लँदै उत्कृष्ट तीन छनोट भएका हुन्। अन्तिम राउन्ड दुई सातासम्म चलेको थियो।
फाइनल विजेता घोषणा गर्ने दिन नजिकिँदै जाँदा अन्तिम तीन प्रतिस्पर्धी प्रगति, कविता र सरोजका फ्यानहरूले उनीहरूको पक्षमा भोट गर्न विभिन्न कार्यक्रम नै सञ्चालन गरेका थिए।
अन्तर्राष्ट्रिय फे्रन्चाइज बुगीवुगी रियालिटी सो नेपालमा एपीवान टेलिभिजनले पहिलोपटक आयोजना गरेको हो। भारतको सोनी टेलिभिजन सँगको सहकार्यमा एपीवान टेलिभिजनले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय फेन्चाइजका रियालिटी सोहरू आयोजना गरिरहेको छ।
त्यसैको निरन्तरतास्वरूप डान्स रियालिटी सो बुगीवुगी सञ्चालन गरिएको हो। यसलगत्तै नेपाल आइडल सिजन टु साउन २४ गतेबाट सञ्चालन हुँदैछ।
करिब आठ महिनासम्म चलेको यो कार्यक्रमको निर्णायकमा अभिनेता दिलीप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज रहेका थिए। ५० प्रतिशत निर्णायक र ५० प्रतिशत दर्शकको भोटका आधारमा उत्कृष्ट डान्सर छनोट गरिएको हो।
कार्यक्रमका डाइरेक्टर एलन श्रेष्ठ, कार्यक्रम प्रमुख सुरेश पौडेल, कोरियोग्राफरहरू, प्रशान्त तामाङ, रोहिया महर्जन रहेका छन्
Comments
अरु समाचार
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
घमेस दुलालले ल्याए नयाँ गित (भिडियोसहित)
काठमाडाैं । चर्चित गायक घमेस दुलाल र रिता कुलुको आवाजमा मत पलास बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। पुकार...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...











