तरुण दलका महासचिव शाहीको सांगितिक कोशेली“परदेशी” सार्वजनिक
काठमाडौं ५,असोज । नेपाल तरुण दलका महासचिव भूपेन्द्रजं शाहीको शब्द रचना रहेको ‘परदेशी’ बोलको गीत सार्वजनिक गरिएको छ । राजधानीको लाजिम्पाट स्थित सम्पदा गार्डेन होटेलमा एक कार्यक्रमबी यक्त गीत बिमोचन गरिएको हो ।
महासचिव शाही काङ्ग्रेसका प्रभावशाली युवा नेता हुन । उनले करिब एक दर्जन पुस्तक लेखी सकेका छन । सार्वजनिक गरिएको गीतमा टीका प्रसाईको स्वर रहेको छ भने रेखा पौडेलको संगीत रहेको छ।
गीतकार संघका अध्यक्ष चुडामणि देवकोटाको प्रमुख आथित्यतामा सम्पन्न गीत बिमोचन कार्यक्रममा संगीतकार तथा रोयल्टी समाजका महासचिव महेश खड्काले सुभकामना व्यक्तगर्दै सरकारसङ्ग संगीत रोयल्टीको सम्बन्धमा गरिएको सम्झौता अक्षरस पालना गर्न माग गरेका छन् ।
उनले भने,‘हामीले कलाकारको हक हितको लागि सरकारसङ्ग गरिएको सम्झौता अनुसार व्यबहार भएको छैन, यातायातको कुरा गर्दा जस्ले गीत बजाउन चाहन्छ त्यो बाहेकले रोयल्टी तिर्न नपर्ने अधिकार दिएको छ, यो कसरी जायज हुन्छ, गीत बजाएको नबजाएको कसरी थाह हुन्छ ? ५ सय बढी रेडियोहरुसङ्ग सम्झौता गरिएको छ, यसबाट केही रकम उठेको पनि छ।’
उनले अघि थपे,‘भुपेन्द्रजि यो देशको सम्भावना बोकेको युवा नेता हुनुहुन्छ हाम्रो हार्मोनियम बोकेर सडकमा आउन सक्दैनौं, अब आन्दोलनको अर्थ पनि छैन तर तपाईंले हाम्रो मर्कालाई राज्यलाई सुनाउन सक्नुहोस।’
गीतकार भूपेन्द्रजंग शाहीले राजनीति र साहित्यलाई एकसाथ अघि बढाउने बताएका छन । महासचिव शाहीले संगीतका महेश खड्काले उठाएका मागहरूका बारेमा आफुहरु निरन्तर साथ दिनेमा जोड दिएका छन ।
उनले भने,‘म राजनीति मात्रै सिमित हुन सक्दिन, यो गीत १० वर्षपछि रेकर्ड अनि दृश्यमा देखाउन सकेका हौ, जुन काममा संगीतकार, निर्देशन, अभिनय गर्ने कलाकार सबैको देन छ, सुरुमा म राजनीति सब थोक हो सोच्थे तर यो गीतको भिडियो छायांकनमा जीवनमा पहिलो पटक आफै उपस्थिति हुदा नयाँ अनुभव गरे, तयार पारिएको गीत हेर्दा यो सामान्य हो जस्तो लाग्थ्यो तर एउटा गीत तयार गर्न ठूलो भुमिका रहने रहेछ, गीत हेर्नेलाई सामान्य लागेर कमेन्ट गरेपनि एउटा गीत बन्न अथक प्रयास चाहिने रहेछ ।
https://youtube.com/watch?v=xQhqfXcCeAc
महासचिव शाहीले १० वर्ष पहिले लेखेको परदेशी बोलको गीतमा रोजगारको खोजीमा बिदेश गएका नेपालीहरूको पीडा बेदना, घरपरिवारको परिस्थिति, दुख बेदना समावेश गरिएको छ ।
कार्यक्रममा विपि अध्ययन प्रतिष्ठान नेपालका अध्यक्ष धर्मेन्द्र विक्रम नेम्वाङ, संगीतकार राजेश थापा, नेपाली काङ्ग्रेस कास्कीकि कोषाध्यक्ष लक्ष्मी पाण्डे, समाज सेवी दीपा ऐर लगायतको उपस्थिती रहेको थियो ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












