देवकोटा जस्ता मान्छे फेरि चाहिएको छ
काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज यहाँ मनाइयो । नेपाल सांस्कृतिक सङ्घद्वारा आयोजित कार्यक्रममा साहित्यकार रमा शर्माले १० वर्षको कलिलो उमेरदेखि नै साहित्य रचना गरेर छोटो अवधिमा नेपाली साहित्यलाई हालको गौरव गर्ने अवस्थामा पु¥याउनुभएको बताउनुभयो ।
अङ्ग्रेजीको बोलबाला भएको यस युगमा नेपाली भाषाको पुनरुत्थान गर्न देवकोटा जस्ता मान्छे फेरि चाहिएको उहाँले बताउनुभयो । शर्माले २०१० मा भानुभक्तको पहिलो शालिक राजा महेन्द्रले शिलान्यास गर्दा महाकवि देवकोटा पनि उपस्थित रहनुभएको उहाँले जानकारी दिनुभयो ।
सांस्कृतिक सङ्घका अध्यक्ष गोविन्ददेव पन्तले सङ्घ र देवकोटाको विशेष सम्बन्ध रहेको बताउँदै महाकवि पनि सङ्घको सदस्य रहनुभएको उल्लेख गर्नुभयो । उहाँले भारतीय विद्वान राहुल सांकृत्यायन नेपाल आउँदा देवकोटालाई भगवान् बुद्धपछिको ठूलो व्यक्ति भन्नुभएको स्मरण गर्नुभयो । उहाँले देवकोटा भारतका कविहरु पन्त, प्रसाद र निराला तीनजना संयुक्तभन्दा पनि ठूला कवि रहेको मूल्याङ्कन गर्नुभएको बताउनुभयो ।
कार्यक्रममा कविहरु रमेश खकुरेल, कोषराज न्यौपाने, अच्युतरमण रेग्मी, भूवनहरि सिग्देल, रमा शर्मा, अनुराधा थापा, विपुल सिजापति, भाग्यशाली अधिकारी, रत्ननिधि रेग्मी, इशा शाह, प्रा डा भीमदेव भट्ट, प्रा डा मोहनप्रसाद लोहनी, बैरागी जेठा, प्रमोद स्नेही, गिरिराज जोशी, विष्णु थिङ आदिले कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा सङ्घले श्रीमती इशा शाह र गिरिराज जोशीलाई उहाँहरुको काव्यिक योगदानका लागि रु १० हजार राशिको देवकोटा काव्यिक पुरस्कार प्रदान गरिएको थियो । सो पुरस्कारका लागि कवि रमेश खकुरेलले रकम उपलब्ध गराउनुभएको थियो ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












