भक्तपुरका विद्यार्थीहरुबीच देउसी भैलो प्रतियोगीता
भक्तपुर । सांस्कृति महत्त्वको यो पर्वलाई जोगाइ राख्न भक्तपुर कमलविनायकमा रहेको एक विद्यालयले देउसी भैली प्रतियोगीता नै आयोजना गर्दै आइरहेको छ । भक्तपुर नगरपालिका वडा नम्बर १० मुलकोढोका स्थित इष्ट पोइण्ट एकेडमीले यो वर्षपनि सोमबार काग तिहारको दिन उक्त प्रतियोगीता आयोजना गरेको हो ।
उक्त कार्यक्रममा विद्यालयको स्मारिका विमोचन गर्दै प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांस्कृति परम्परा जोगाउन विद्यालयस्तरबाटै यस्ता खालका क्रियाकलाप गर्नु पर्नेमा जोड दिएका छन् । त्यसैगरि जिल्ला अदालत कास्की न्यायाधिस लालकाजी श्रेष्ठ, प्यावसन भक्तपुरका अध्यक्ष श्रीकृष्ण केसीलयायतले सानासाना बालबालीका काचोँ माटो भएका उनीहरुलाई सकारात्मक सिकाईमा जोड दिन सके भोलीको देशको भविष्य उज्वल हुने बताएका छन् ।
जिल्लामा रहेका संस्थागत तर्फका १३ ओटा विद्यालयहरु उक्त प्रतियोगीतामा सहभागी भएका थिए । प्रतियोगीमा उत्कृष्ठ देउसी भैलो प्रस्तुत गर्दै प्रथमसन हासिल गरेका विनायक शिक्षा निकेतनका विद्याथीहरुले रनिङ्ग शिल्ड प्राप्त गरेका छन् ।
दोस्रोमा सनसाइन न्यासन स्कुल, तेस्रो माउण्ट भ्याली र सान्तोना स्थानमा क्रिर्यटिभ लर्नस विद्यालय रहेका छन् । प्रतियोगीतामा उत्कृट हुनेहरुलाई प्रमाणपत्र, शिल्ड सहित सम्मान गरिएको आयोजक विद्यालयका प्रार्चाय रमेशचन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
Comments
अरु समाचार
-
‘पहिले विभेद गर्नेले पनि अचेल नौमती बाजा सिक्दै छन्’
इलाम : यहाँको रोङ गाउँपालिकाले महिलालाई व्यावसायिक बनाउन र लोक संस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाइँदैछ । कुनै समय...
-
दुई विदेशी कलाकारका कला साताव्यापी प्रर्दशन गरिने
काठमाडौँ: ‘आन्तरिक परिदृश्य’ शीर्षकमा दुई विदेशी कलाकारका कला साताव्यापी रूपमा प्रर्दशन गरिने भएको छ । ताइवानकी चाउ मेङ येह र...
-
फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । महोत्सव ललितपुरको यलमाया केन्द्रमा...
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...