‘पोखरा स्काई स्पोर्टस’ को ओपनिङमा ग्राण्ड कन्सर्ट हुँदै
पोखरा । ‘पोखरा स्काई स्पोर्टस’ को ग्राण्ड ओपनिङको अवसर पारेर पोखरामा ग्राण्ड कन्सर्ट हुने भएको छ । पोखराको न्युरोड स्थित भाटभटेनीको मथिल्लो तल्लामा रहेको पोखरा स्काई स्पोर्ट्समा हुने उक्त कन्सर्टमा एड्रिन प्रधान, नट्टू शाह, स्वप्न सुमन, दीपक बज्राचार्य लगायतले आफ्नो प्रस्तुती राख्नेछन् ।
तीन दिनसम्म चल्ने स्काई स्पोर्टसको ओपनिङमा कन्सर्टसँगै फेसन सो, स्ट्याण्ड अप कमेडी लगायत विभिन्न मनोरन्जनात्मक प्रस्तुती हुनेछन् ।
खेल, मनोरन्जन, खाना र फिटनेस एकै छानामुनी उपलब्ध गराउने सम्भवत नेपालकै पहिलो महत्वाकांक्षी परियोजना ुअ प्लेस फर एभ्रिवन रेष्टुरेन्टसँगै पोखरा स्काई स्पोर्टस्ु संचालनमा आउन लागेको हो । बिगत ३ वर्ष अघीदेखी निर्माण आरम्भ भएको उक्त प्रोजेक्टको ग्राण्ड ओपनिङ ५० बढी कलाकार तथा कर्पोरेट भिआईपीहरूको उपस्थितीमा मंसिर २८, २९, पुष १ गते गरी तीन दिन सम्म चल्ने छ ।
स्काई स्पोर्टसमा फुटसल, लङ टेनिस, जुम्बा, कार्डियो, साउना स्टिम, ज्याक्युजी, पुलसगैँ भर्चुअल रियालीटी प्ले स्टेशनको सुविधा रहेको छ ।
ग्राहकको सेवा सुविधालाई ध्यानमा राख्दै रेष्टुरेन्टको लागि विशेष कार्डको समेत व्यवस्था गरिएको छ । सिल्भर, गोल्ड र प्लाटिनम गरी तीनवटा कार्ड र सोही अनुसारको सुविधाको प्याकेज बनाएको स्काई स्पोर्टसका सिइओ सुदिप दवाडीले बताएका छन् ।
स्काई स्पोर्टसका अध्यक्ष सुजन गुरुङले पछिल्लो समय बदलिएको सामाजिक परिवेश र मानिसको चाहाना अनुसार एकै छाना मुनि सम्पूर्ण सेवा सुबिधा उपलब्ध गराउने उदेश्य अनुरुप स्काई स्पोर्टस संचालनमा ल्याउन लागेको बताए ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












