कुमाल जातिको हेम्फै नाच लोप हुने खतरामा
गलकोट । चिटिक्क सजिएकी युवती, सानो टाउको तर ठूलो शरीर । होचो तर छमछमि नाच्ने । पछि पछि लाहुरेले पछ्याइरहेको । झट्ट हेर्दा अनौठो लाग्ने । दर्शकमाझ खासखुस । अनि बीचैमा प्रश्न सोधिन्छ – कहाँबाट ल्याएको ? कस्ती डल्ली ? के काम गर्ली ? हामीकहाँ काम आउँला कि नआउँला ? यस्ता सबै प्रश्नको गीतबाट उत्तर दिँदै काम गरी देखाउने कुमाल जातिको नाच हो ‘हेम्फै’ ।
बागलुङ जिल्लाको पश्चिम क्षेत्र तथा गुल्मीको मुसिकोट नगरपालिकामा परापूर्वकालदेखि कुमाल जातिमा देखाइँदै र नाचिइँदै आइएको लोपोन्मुख हेम्फै नाच हिजोआज फेरि देखाउन थालिएको छ । हेम्फैको खास अर्थ पत्ता नलागे पनि केटा र केटीबीचको सम्बन्ध हो भन्ने नाचबाट बुझ्न् सकिन्छ । विशेष गरी पहिले रोदी बस्ने चलनसँग यसको सम्बन्ध देखिन्छ । रोदी घरमा मलायाको लाहुरेले उतैबाट विवाह गरी घरमा ल्याएको प्रेमिकालाई रोदीमा पु¥याउने र रोदीमा जम्मा भएका सबैले प्रश्न सोध्ने गरिन्छ । नयाँ नानीलाई कसरी ? किन ? कहाँबाट ? लिएर आएका भनी सोध्ने र आफ्नो समाजमा हुने सबै काम जाने नजानेको परीक्षा लिने विषयसँग यो नाच जोडिएको छ । लाहुरेले प्रेमिकाका सकारात्मक कुरा गर्ने, आफूले जीवनभर धोका नदिने वाचा गर्ने, रोदीमा उपस्थित सबैसँग रमाइलो गरी आफूले मलायाबाट ल्याएको कोशेली बाँड्ने र सबैसँग नाच्ने कथाका रुपमा हेम्फै नाचलाई लिन सकिन्छ ।
गाउँघरका यस्ता साँस्कृतिक नाचहरु नेपाली सामाजिक परिवेशसँग जोडिएका छन् । तत्कालीन सामाजिक परिवेशमा उनीहरु त्यसैमा रम्थे । आजभोलि आधुनिकता र प्रविधिको विकाससँगै त्यस्ता मौलिक संस्कृति सङ्कटमा पर्दैगएको छ । “बडिगाड गाउँपालिकाले हेम्फै नाचको संरक्षणका लागि आगामी दिन बजेट विनियोजनै गरेर काम थाल्नेछ,” बडिगाड गाउँपालिकाका अध्यक्ष मेयर सिंह पाइजाले भन्नुभयो – “केही वर्षमा हेम्फै नाचलाई सबैले चिन्ने र बुझ्ने गरी अगाडि बढाउने छु ।”
यो नाच भाद्र कृष्ण पक्षको औंसीका दिन शुरु गरिन्छ र शुक्ल पक्षको पूर्णिमाका दिन विशेष पूजा आराधनासहित सम्पन्न गरिन्छ ।
एकातिर रोदीको समाजले रोदी गाइरहने र अर्कातर्फ कमेरो र माटोको प्रयोग गरेर बनाइएका चन्द्रमा र सूर्यको प्रतीकमा उपस्थित सबैले फूलले पूजा गर्ने चलन छ । भाद्र कृष्ण पक्षको औंसीमै फूल टिप्न दुई कन्याको छनोट गरिन्छ र उनीहरुले टिपेको फूलबाट मात्रै पूर्णिमाका दिन पूजा गर्ने गरिन्छ । तर ती फूल भने सबैले चढाउन सक्ने यसको विधि छ । रातभर हेम्फै र लाहुरेलाई नचाई बिहान तिनै उपवास बसेका दुई कन्याले चढाइएका ती सबै फूलहरुको डोली बनाउँछन् र सबैजना नाच्दै गाउँदै नदी किनारमा लगी सेलाउने काम हुन्छ ।
मानिसहरु रोदी घरमा जम्मा भई घरभित्र रहेकी हेम्फैलाई बोलाउने, हेम्फै लिएर सँगै लाहुरे आउने क्रमसँगै
गाइने शुरुको टुक्का यस्तो हुन्छ –
हा हा हो ……………
माला र मुग्लानै बाट, आयो मेरो हेम्फै
माला र मुग्लानै बाट, आयो मेरो हेम्फै
माला र मुग्लानै बाट, ढोका खोल हेम्फै
माला र मुग्लानै बाट, बाटोे खोल हेम्फै
बीचबीचमा गीत रोकी लाहुरेसँग कहाँबाट ? किन ? लिएर आएको हो यस्ती डल्ली नराम्रीलाई भनेर ठट्टा गर्ने गरिन्छ ।
बीचमा : हा हा हो ………………………..
माला र मुग्लानै बाट, नाच मेरो हेम्फै
माला र मुग्लानै बाट, दैलो लिप हेम्फै
माला र मुग्लानै बाट, जाँतो पिस हेम्फै
माला र मुग्लानै बाट, ढिकी कुट हेम्फै
यसरी सबै कामको परीक्षा लिने काम हुन्छ । सबै परीक्षा सकिएपछि यसरी गाइन्छ –
माला र मुग्लानै बाट, भित्र पस हेम्फै
माला र मुग्लानै बाट, भित्र पस हेम्फै
(कतै बर्मा र मधेशैबाट भन्ने पनि छ । )
यसरी हेम्फै भित्र पसे पनि लाहुरे चाहीँ बाहिरै रहने र लाहुरेसँग सबै सङ्गिहरुले रमाइलो गरी नाच्ने र कोशेली माग्ने गरिन्छ । लाहुरेले सबैजनासामु कोशेली पु¥याउने र निकै रमाइलो गरी हेम्फैमा नाच्ने गरिन्छ ।
गीतका भाव र कर्म हेर्दा यो पहाडी भूगोलमा नाचिने नाच हो भन्न सकिन्छ । खासगरी बागलुङ, गुल्मी, गोरखा, तनहुँ र लमजुङमा हेम्फै नाच्ने गरिन्छ । यद्यपि, हाल यो नाचको अवस्था लुप्त प्रायः छ । नयाँ पुस्ता यसप्रति आकर्षित नभएकाले पुस्तान्तरण नभए लोप हुने खतरा बढेको छ । मङ्सिर १ देखि ९ गतेसम्म सञ्चालित प्रथम बडिगाड महोत्सवमा हेम्फै नाच प्रदर्शन गरिएको थियो । हेम्फै नाच महोत्सवको प्रमुख आर्कषणको रुपमा रहेको थियो । महोत्सव हेर्न आउने दर्शक हेम बहादुर क्षेत्रीले हेम्फै नाच आफूले पहिलोपटक हेर्न पाएको प्रतिक्रिया दिनुभएको थियो ।
खासगरी बडिगाड गाउँपालिका र गुल्मीको मुसिकोट नगरपालिकामा रहेका कुमाल समुदायको यो नाच अति लोपोन्मुख अवस्थामा छ । गुल्मी मुसिकोट नगरपालिकाका टेक बहादुर कुमालले भन्नुभयो – “हेम्फै नाचलार्ई प्रवद्र्धन गर्न सकियोस् भनेर मेला तथा उत्सवहरुमा प्रदर्शन गर्न थालेका छौं ।”
“हेम्फै नाचका बारेमा धेरैलाई थाहा छैन,” बागलुङ जिल्ला बडिगाड गाउँपालिका–३ हाँडिखोलाका झलक कुमालले भन्नुभयो – “अचम्म खालको यो नाचको उचित व्यवस्थापन गर्न सकिए निश्चित रुपमा पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ ।” हेम्फै नाच हेर्ने जो कोही अचम्ममा पर्छन् र मन्त्रमुग्ध हुन्छन् । मनै लोभ्याउने यस्तो नाचलाई स्थानीय स्तरमा घरबास (होमस्टे) सञ्चालनसँगै पाहुनासामु पस्किन सकिने बडिगाडका स्थानीयवासी मुना कुमाल बताउनुहुन्छ । रासस
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












