चलचित्र ‘प्रेमा’ आजदेखि प्रदर्शनमा
काठमाडौँ । नेपाली चलचित्र ‘प्रेमा’ आजदेखि प्रदर्शनमा आएको छ । प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा खड्का र सृष्टी श्रेष्ठमै केन्द्रित छ।
गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेता क्षेत्रीले आकाश, अभिनेत्री खड्काले प्रेमा र अभिनेत्री श्रेष्ठले निहारिकाको भूमिका निर्वाह गरेका छन्। धनगढीबाट आफ्नी दिदी भिनाजुको घरमा आएकी प्रेमाले बस विसौनीमै आकाशलाई झगडा गर्दै गरेको चलचित्रमा देखिन्छ। प्रेमालाई आकाश गुण्डा झैँ लाग्छ। थुनामा पारेपछि मात्र प्रेमालाई आकाश निर्दोष रहेको थाहा हुन्छ।
आफ्नो गल्तीलाई भुलाउँदै क्षमा माग्नुभएकी प्रेमा विस्तारै आकाशसँग नजिकिँदै प्रेममा पर्छन्। यद्यपि भौगोलिकसँगै विचार र व्यवहारमा समेत फरक देखिएको सो जोडीको प्रेममा समस्या आउँछ। दुवै छुटिने बाटोमा पुगेपछि आकाश सडक दुर्घटनामा पर्छन्।
निहारिकाको कारबाट भएको दुर्घटनाविरुद्ध आकाशले प्रहरीमा मुद्दा नहालेपछि दुवैको भेटघाट बढ्छ। आकाशको व्यक्तित्वले निहारिका आकर्षित भएपछि उनसँग प्रेम बस्छ। यी दुवैको विवाह हुनै लाग्दा प्रेमा आइपुग्छिन्। त्यसपछि आउने आरोहअवरोहलाई चलचित्रमा देखाइएको छ।
चलचित्रमा निर्देशक भण्डारीले भनेझैँ आफू प्रस्तुत भएको अभिनेत्री खड्काले बताइन्। “मलाई सुरुमा यसमा सुहाउँदिन कि भन्ने लागेको थियो। यद्यपि निर्देशकले भनेपछि विश्वस्त भए।”, उनले भनिन्– “प्रेम र जीवनको फरक पाटोलाई प्रेमाले बुझाइन। यो विशुद्ध प्रेमकथामा बनेको चलचित्र हो।”,
अभिनेत्री खड्काझैँ अभिनेता क्षेत्रीको समेत यो दोस्रो चलचित्र हो। उनले यसमा निर्वाह गरेको भूमिका निर्देशककै अनुसार गरिएको बताइन्।
“यसमा नयाँ र पुरानो दुवै पुस्ताको प्रतिनिधित्व गरिएको छ। आकाशमार्फत प्रेमको फरक पाटोलाई चित्रण गर्न खोजेका छौँ”, अभिनेता क्षेत्रीले भने, “प्रेम र आकाशको प्रेममा आउने आरोहअवरोहले अहिलेको पुस्ताको सम्बन्धमा आउने दरार र समाधान बुझाउँछ। यस्तो भूमिकामा देखिने मेरो चाहना पूरा भयो।”
निर्देशक भण्डारीले भेटेको एक युवतीको भोगाइलाई ‘प्रेमा’मा मिसाएर चलचित्र लेखेको बताए। “मैले कतै प्रेमाजस्तै पात्र भेटेको थिए। अहिले प्रेममा स–साना कुराले पनि समस्या आउने गरेका छन्। यी सब क्षणिक हुन्। चलचित्र हेरेपछि त्यो थाहा हुन्छ”, उनले भने, “द्वन्द्वप्रधान चलचित्रमार्फत निर्देशकमा पाइला टेके। यसपछि प्रेम कथानक चलचित्र चार-पाँच वर्षसम्म बनाउँदिन।”
प्रेमाको छायाङ्कन काठमाडौँ, धनगढी र कर्णालीमा गरिएको हो। चलचित्रमा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियालगायतले अभिनय गरेका छन्। चलचित्र ‘प्रेमा’लाई उपत्यकामा जिजीए ग्रुप र मोफसलमा एफडी कम्पनीले वितरण गरेको हो।
Comments
अरु समाचार
-
‘पहिले विभेद गर्नेले पनि अचेल नौमती बाजा सिक्दै छन्’
इलाम : यहाँको रोङ गाउँपालिकाले महिलालाई व्यावसायिक बनाउन र लोक संस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाइँदैछ । कुनै समय...
-
दुई विदेशी कलाकारका कला साताव्यापी प्रर्दशन गरिने
काठमाडौँ: ‘आन्तरिक परिदृश्य’ शीर्षकमा दुई विदेशी कलाकारका कला साताव्यापी रूपमा प्रर्दशन गरिने भएको छ । ताइवानकी चाउ मेङ येह र...
-
फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । महोत्सव ललितपुरको यलमाया केन्द्रमा...
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...