सांस्कृतिक सहर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन समुदायस्तरमा छलफल सुरु
काठमाडौं । पनौती नगरपालिकाले नगरपालिकाका–७स्थित सांस्कृतिक सहर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन समुदायस्तरमा छलफल सुरु गरेको छ । नगरपालिकाले आज ‘प्राचीन स्मारकको संरक्षण र प्रवर्द्धनमा स्थानीय बासिन्दाको दायित्व र भूमिका विषय’मा अन्तरक्रिया आयोजना गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय संस्कृति महाशाखा सहसचिव सुरेश श्रेष्ठले प्राचीन स्मारक क्षेत्रका बासिन्दा नै पूर्णरुपमा नलागेसम्म विश्व सम्पदामा सूचीकृत गर्न सम्भव नहुने बताएका छन् । सो क्षेत्रभित्रका नागरिकको धेरै गुनासो आउने गरेको छ भन्दै श्रेष्ठले क्षेत्रको संवद्र्धन र प्रवर्द्धनको पहिलो दायित्व स्थानीय बासिन्दामै रहने उल्लेख गरे। “स्थानीय बासिन्दाको संलग्नताबिना काम बन्दैन”, सचिव श्रेष्ठले भने, “यस क्षेत्रको मुख्य समस्या के हो, किन काम अगाडि बढ्न सकेन भनेर छलफल अगाडि बढाउने जिम्मा यहीँका बासिन्दाले गर्नुपर्छ ।” सो क्रममा उनले निजी घर र सम्पत्ति पनि सम्पदा हुन सक्ने भएकाले संरक्षित क्षेत्रमा पुरातत्व विभागले तोकेको मापदण्डअनुसारका घर बनाउन सुुझाव दिए ।
संस्कृतिविज्ञ विधुप्रकाश कायस्थले सम्पदाका बारेमा विश्वसामु चिनाउनका लागि पनि विश्वसम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक रहेकाले समुदायमा आधारित भएर छलफल गरी यसलाई छिट्टै सूचीकृत गराउन आवश्यक रहेको बताए । नेपाल आफैँ पनि विश्वसम्पदा सूचीमा सूचिकृत देश भए पनि सदस्य राष्ट्रहरुबाट भोटिङ गरेर निर्णय हुने भएका कारण त्यसमा नेपाल सरकारका तर्फबाट पहल गर्न आवश्यक रहेकामा कायस्थले जोड दिए । प्रक्रिया पूरा गरेर पेस गरेपछि पहल गर्न आवश्यक देखिएकाले त्यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको उनको भनाई थियो ।
पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले विश्वसम्पदा सूचीमा सूचीकृत किन गर्नुपर्ने र त्यसमा समुदाय, सङ्घसंस्था र स्थानीय सरकारका भूमिका के कस्तो हुने भन्ने विषयमा सबैलाई जानकारी हुन आवश्यक रहेकाले समुदायस्तरमै गएर छलफल सुरु गरिएको जानकारी दिए । सूचीकृत हुनु ठूलो कुरा नभएर निरन्तरता दिनु ठूलो कुरा भएको र त्यसको जिम्मेवारी समुदायमै हुने भएकाले समुदायस्तरबाट देखिने र नदेखिने सम्पदाको संरक्षण कसरी गर्न सकिन्छ र भूमिका के कस्तो हुनुपर्छ भन्ने विषयमा अन्तरक्रिया थालिएको प्रमुख भण्डारीले जानकारी दिए।
उपप्रमुख गीता बञ्जाराले विश्वसम्पदा सूचीमा सूचीकृत हुनका लागि बनाइएको घर, मठमन्दिर पुनःनिर्माण गर्दा सम्पदा मैत्री भयो भएन भनेर खोज्ने र समीक्षा गरिने भएकाले स्थानीय बासिन्दालाई समेत राखेर छलफल अगाडि बढाइएको बताइन् ।
स्थानीय समाजसेवी श्यामसुन्दर सैँजुले प्राचीन पनौती र विश्वसम्पदा सूचीमा सूचीकृत गराउने मापदण्डको विषयमा छलफल गरिरहँदा नयाँ पुस्ताले बदलिँदो परिस्थिति अनुसारको परिवर्तन खोज्ने, त्यसैमा रम्ने र पुरानो संरचना अस्वीकार गर्ने प्रवृत्ति बढ्दै गएका कारण पुरानो पनौती बजार सुनसान बन्दै गएको बताए। त्यसका लागि मानव बसोबास सहितको पनौती चाहेको भए युवा पुस्ताले पनि बस्नयोग्य बस्ती निर्माण गरेर अगाडि बढ्न आवश्यक रहेको र त्यसतर्फ नगरपालिका, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पुरातत्व विभाग लगायतको ध्यान जानुपर्नेमा जोड दिए ।
विश्वसम्पदा सूचीमा सूचीकृत गराउन प्रयास गरेको करिब २७ वर्ष बितिसक्दा पनि अझै सूचीकृत हुन नसकेको भन्दै पनौतीलाई छिटो विश्वसम्पदा सूचीमा सूचीकृत गराउनुपर्ने माग गर्दै नगरपालिकाको नेतृत्वमा सरोकारवालाहरुले पटक पटक सम्बन्धित निकायमा घच्घच्याउने काम गर्दै आइरहेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सङ्घसंस्था र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












