५२ संवैधानिक नियुक्तिमा सर्वोच्चको ऐतिहासिक फैसला: न्यूज नेपालको पूर्वसूचना सही
काठमाडाैं । सर्वोच्च अदालतको संवैधानिक इजलासले ५२ संवैधानिक नियुक्ति खारेजीको माग गर्दै दायर भएका रिटहरु खारेज गर्दै नियुक्ति सदर गर्ने फैसला गरेको छ ।
संवैधानिक पदाधिकारीहरूको नियुक्ति सर्वोच्च अदालतको संवैधानिक इजलासबाट सदर हुने गरी फैसला आउने कानूनी पक्ष र बहसमा राखिएका तर्कको विश्लेषण गर्दै न्यूज नेपाल डटकमले दाबी गर्दै आए जसरी गएराति संवैधानिक इजलासले गरेको ऐतिहासिक फैसलाले पूर्णरूपमा पुष्टि गरेको छ।
नियुक्तिको ब्रेकिङ समाचार शीर्षकः BREAKING NEWS:अख्तियारको प्रमुखमा प्रेम कुमार राई,आयुक्तमा किशोर सिलवाल र जयबहादुर चन्द सिफारिस
सर्वोच्च अदालतको संवैधानिक इजलासले सार्वजनिक गरेको फैसलामा संवैधानिक निकायहरू जस्तै अख्तियार, राष्ट्रिय मानव अधिकार आयोग, निर्वाचन आयोग लगायतका चार वर्षअघि नियुक्त ५२ जना पदाधिकारीहरूको नियुक्ति सदर गरेको हो ।
न्युज नेपाल डटकमले संवैधानिक इजलासमा यो मुद्दाको सुनुवाइदेखि फैसला आउँदासम्म निरन्तर अपडेट गरेको थियो ।
संवैधानिक, कानूनी, तथ्यगत एवं इजलासमा भएको वहससमेतलाई आधार मानी हेर्दा रिट खारेज हुने र ५२ जनाको नियुक्ति सदर हुने समाचार एवं विश्लेषणहरू न्यूज नेपाल डकमले पटकपटक प्रकाशित गरेको थियो ।
संवैधानिक इजलासमा रिट निवेदकको बहस सामु महान्यायाधिवक्ताको तर्फको बहस प्रभावकारी रहेको सूचना तथा विश्लेषण पनि न्युज नेपालले मात्रै गरेको थियो । त्यसै गरी निजी कानून व्यवसायीहरूमा पनि रिट निवेदकभन्दा ५२ जना संवैधानिक नियुक्ति पाएकाहरूका कानून व्यवसायीहरूको ओजिलो र औचित्यपूर्ण रहेको तथ्य पनि न्युज नेपालले मात्रै पस्किएको थियो । साँच्चिकै महान्यायाधिवक्ता रमेश बडाल, नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरे र सञ्जीवराज रेग्मी तथा वरिष्ठ अधिवक्ताहरू सुशील पन्तसमेतले दर्बिलो बहस गरेका थिए ।
न्यूज नेपाल अनलाइनले मिति २०७८ मंसिर ३० मा अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई तथा सदस्यहरूमा किशोर सिलवाल र जयबहादुर चन्दको रिफारिस भएको समाचार पनि ब्रेक गरेको थियो ।
संवैधानिक इजलासको यो फैसला नेपालको संवैधानिक इतिहासमा एक महत्त्वपूर्ण माइलस्टोन भएको छ ।
खासगरी अख्तियारको निष्पक्ष, तटस्थ एवं प्रभावकारी सक्रियता बढेसँगै देश लुटनेहरूको निदहराम भएको अवस्था थियो । यो अवस्थामा संवैधानिक अंगमा चार वर्षअघि भएको नियुक्ति बदर गराउन बलियो लबिङ भइरहेको थियो । तर न्यायपालिकाले त्यस्ता लबिङहरूबाट अबिचलित भएर आफ्नै फैसला सुनाएको छ ।
यो फैसलासँगै तत्कालका लागि मुलुकमा संवैधानिक रिक्तता र शून्यताको अवस्था आउने जोखिम टरेको छ । साथै, अख्तियारसहित राज्यका संवैधानिक अंगहरूलाई थप प्रभावकारी बन्न बाटो पनि फराकिलो बनाएको छ ।
संवैधानिक अंगहरूले काम गर्न नसक्दा राज्य पंगु सरह हुनजान्छ । यही तथ्यलाई बुझेर न्युज नेपालले हिजो पनि यो विषयमा निरन्तर खोज, खबरदारी एवं विश्लेषण गर्दै आएको थियो । अबका दिनमा पनि संवैधानिक अंगहरूको प्रभावकारीताको क्षेत्रमा न्युज नेपाल सक्रिय रहने छ ।
सम्बन्धित समाचार शीर्षकः सर्वोच्चद्वारा ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सदर
५२ संवैधानिक नियुक्तिः आजै निर्णय सुनाउदै सर्वोच्च, ५ न्यायाधीशले अन्य मुद्दा नहेर्ने
५२ संवैधानिक नियुक्तिः निर्देशनात्मक आदेशसहित रिट खारेजीको सम्भावना बलियो !
५२ भाइको रिटमा बहस: नियुक्ति कानूनसम्मत भएको नायव महान्यायाधिवक्ता डा. घिमिरेद्वारा बलियो आधार प्रस्तुत
चर्चित ५२ भाइको मुद्दा: रमनको जिकिरमाथि रमेशको दर्बिलो प्रहार
५२ संवैधानिक पदाधिकारी नियुक्तिको पक्षमा कसिलो संवैधानिक एवं कानूनी आधार प्रस्तुत
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना
संवैधानिक अंगका पदाधिकारी नियुक्ति संविधान र कानूनसम्मत भएको वरिष्ठ अधिवक्ताहरूको तर्क हाबी
Comments
अरु समाचार
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...











